Friday, November 20

शिक्षा

नेपाल भाषा अध्ययन अध्यापनको प्रयासमा नेवाः विद्यार्थी युनियन
शिक्षा, समाचार

नेपाल भाषा अध्ययन अध्यापनको प्रयासमा नेवाः विद्यार्थी युनियन

काठमाण्डौ, चैत्र २२  ग्यालेक्सी दैनिक नेवार समुदायको विद्यार्थी साझा संगठन नेवाः विद्यार्थी युनियनले रत्नराज्य लक्ष्मी क्याम्पस र पद्म कन्या क्याम्पसको बि.ए. प्रथम बर्षमा नेपाल भाषा विषय अध्ययन गर्ने विद्यार्थीहरु न्युन रहेकोले नेवाः देय् दबुलाई ज्ञापनपत्र बुझाइएको छ । नेवाः देय् दबुका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्य तथा उपाध्यक्ष रश्मिला प्रजापतिलाई नेवाः विद्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जन, सदस्य मनिस कुमार श्रेष्ठ (मानव) सहितका विद्यार्थी नेताहरुले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्रमा भनिएका छ नेवाः विद्यार्थी युनियन नेवार समुदायको साझा संगठन हो । जसको मुख्य उद्देश्य भनेकै नेवार विद्यार्थीहरुको नेवाः हक अधिकारका बारेमा चेतना जागरण गराई नेवाः विद्यार्थीहरुलाई संगठित गरी नेपाल भाषाको संरक्षण, प्रवद्र्धन गर्ने जनाइएको छ । साथै नेपाल भाषा पठनपाठन क्षमता अभिवृद्धि गर्ने ल...
सिटी मन्टेश्वरीलाई ईन्टरनेशनल स्कूल अवार्ड
शिक्षा, समाचार

सिटी मन्टेश्वरीलाई ईन्टरनेशनल स्कूल अवार्ड

सिटी मन्टेश्वरीलाई ब्रिटिश काउन्सिलबाट ईन्टरनेशनल स्कूल अवार्डको सम्मान प्राप्त भएको छ ।करिब एक वर्षदेखि ब्रिटिश काउन्सिलमा ईन्टरनेशनल अवार्डका लागि सहभागिता जनाउदै आएको अनामनगरमा रहेको सिटि मन्टेश्वरीले यो वर्ष फुल अवार्डडेड भई ईन्टरनेशनल स्कूलको परिचय बनाउन सफल भएको छ । करिब २०० भन्दा बढि विद्यार्थीहरु रहेको सिटि मन्टेश्वरीमा कक्षा एलकेजी देखि कक्षा तीन सम्मका विद्यार्थीहरु उक्त प्रोजेक्टमा सहभागी भएका थिए । आठ वटा प्रोजेक्टमा विभिन्न देशका विभिन्न स्कूलका विद्यार्थीहरुलाई भर्चुयल माध्यमबाट कक्षा संचालन गरि प्रोजेक्टमा सहभागि गराइएको थियो । विश्वव्यापी शिक्षाको अवधारणा अनुसारको विषयहरुको जवाफ दिनुपर्ने भएकोले स -साना बालवालिकालाई सिटि मन्टेश्वरीका विद्यार्थीहरुलाई केहि असहज लागे पनि अनुभवी शिक्षक शिक्षिकाको अथक प्रयासले यो सम्भव भएको मन्टेश्वरीका प्रिन्सिपल पुष्पा रिजालले जानकारी द...
सुलक्षण कीर्ति क्याम्पस, कीर्तिपुरमा एम. बुद्धिजम र दिगाे विकासको पढाई हुने
शिक्षा, समाचार

सुलक्षण कीर्ति क्याम्पस, कीर्तिपुरमा एम. बुद्धिजम र दिगाे विकासको पढाई हुने

काठमाण्डौ, माघ ३  ग्यालेक्सी दैनिक लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यबाट सामुदायिक स्तरमा स्थापित सुलक्षण कीर्ति क्याम्पसमा यही हिउँदे शत्रबाट बौद्ध अध्ययन तथा दिगो विकास विषयमा २ बर्षे स्नातकोत्तर कार्यक्रम सुलक्षण कीर्ति विहार कीर्तिपुर चाेभार गेटमा सञ्चालन हुने भएकाे छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यमा विश्वविद्यालयको बौद्ध अध्ययन संकाय अन्तर्गत सेमेस्टर प्रणाली अनुसारको नेपालमै पहिलो पटक यही माघ २०७८ माघ १५ गतेदेखि सञ्चालन हुन गइरहेको स्नातकोत्तर तहको सामाजिक शास्त्र विषयको बौद्ध अध्ययन तथा दिगो विकास Master in Buddhism and Sustainable Development कार्यक्रमका लागि विद्यार्थी भर्ना गर्न क्याम्पस प्रशासनले अनुरोध गरेका छन् । कीर्तिपुर नगरपालिका, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाे संयुक्त ...
ज्योति माविको ५५ औ स्थपना दिवस सम्पन्न
मनोरन्जन, शिक्षा, समाचार

ज्योति माविको ५५ औ स्थपना दिवस सम्पन्न

काठमाण्डौ, पुष १२  ग्यालेक्सी दैनिक मकवानपुर, हर्नमाडीमा रहेको निकै नै पुरानो विद्यालयले आफ्नो स्थापनाकालको ५५ औं वर्ष पुरा गरेको अवसर पारेर विभिन्न कार्यक्रम गरी सभ्य भब्य रुपमा मनाएको छ । प्रदेश न ३ क्षेत्रका भौतिक तथा पुर्वाधार राज्य मन्त्री माननीय सन्त प्रजाको प्रमुख आतिथ्य भएको उक्त कार्यक्रममा, सभामुख हर्क रम्तेल, विद्यालयका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु, प्रधानाध्यापक, शिक्षक शिक्षिका, वरिष्ठ सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, भुतपुर्व विधार्थीहरु तथा उल्लेख्नीय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि भौतिक तथा पुर्वाधार राज्य मन्त्री माननीय सन्त प्रजाको हातबाट ५५ औं विद्यालय दिवसको अवसरमा गरिएको पाँच दिने ‘राष्ट्रिय चित्रकला कार्यशाला २०७८’का कलाकारहरुलाई सम्मान पत्र र मायाको चिनो साथै विधार्थी भाईबहिनीहरुलाई प्रमाण पत्र तथा पुरस्कारहरु प्रदान गर्नु...
लेखक राम घिसिङको ‘भाषण कला’ सार्वजनिक
मनोरन्जन, शिक्षा, समाचार

लेखक राम घिसिङको ‘भाषण कला’ सार्वजनिक

काठमाण्डौ, मंसिर १९  ग्यालेक्सी दैनिक अनुसन्धानकर्ता, शिक्षक, लेखक एवम् सम्पादक राम घिसिङको ‘भाषण कला’ सार्वजनिक भएको छ। यस पुस्तकमा १३ वटा शिर्षकमा भाषण कलामा आवश्यक पर्ने विषयबस्तु समावेश गरिएको छ । यस पुस्तकले भाषणकलाको सौद्वान्तिक अध्यन र व्यावहारिक अभ्यास गर्दा उत्सुक जोसुकै व्यक्तिलाई एक सफल वक्ता बन्न मद्दत पुग्ने लेखक रामबहादुर घिसिंगले दावी गरेका छन् । मञ्चमा आफ्नो अभिव्यक्ति रा्ख्न दराउनेहरूलाई विशेष काम लाग्ने यस पुस्तकको माध्यमबाट कुशल वक्ता लगायत व्यक्तित्व विकासमा समेत बहु उपयोगीका साथै यस पुस्तकमा भाषणको तयारी शिर्षकमा भाषण लेखन उपशिर्षकमा ‘मेरो एउटा मार्गचित्र’ भाषणका साथै नेपालीलाई स्वाधीन,समृद्ध,स्वच्छ र शक्त्तिशाली राष्ट्र कसरि बनाउन सकिन्छ जस्ता भाषणहरु शिर्षकमा राष्ट्रिय अन्तरास्ट्रिय स्तरका उत्कृष्ट भाषण समावेश गरिएको छ । यस अघि घिसिङले पहिलो कृति 'तामाङ साहित...
बेसीगांउ नेवा: महिला समुहको शैक्षिक भ्रमण, हस्तकला प्रदर्शन अवलोकन
शिक्षा, समाचार, समाज

बेसीगांउ नेवा: महिला समुहको शैक्षिक भ्रमण, हस्तकला प्रदर्शन अवलोकन

काठमाण्डौ, मंसिर १९  ग्यालेक्सी दैनिक बेसीगांउ नेवा: महिला समुह गोकर्णेश्वर ८ को शैक्षिक भ्रमण अध्य्यन तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । मंसिर १० गतेबाट नेपालका विभिन्न प्रमुख ठांउहरु सिन्धुलीगढी, बुढासुब्बा, भेडेटार, दन्तकाली, पिण्डेश्वर, बराह क्षेत्र, जनकपुरधाम लगायतमा ४ दिने उक्त भ्रमण सम्पन्न गरी महिला समुह काठमाण्डौ फर्किएको छ । समुहका अध्यक्ष सिम्रन श्रेष्ठ, बेसी गाँउ नेवा: समुहका सुजाता श्रेष्ठ, नेवा मिसा: दुवे धनकुटा तथा विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा भएको समापन कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा मायाको चिनो पनि वितरण गरिएको थियो । कार्यक्रममा समुहका महिलाले नै बनाएको हस्तकला निर्माण सामाग्रीहरुको प्रदर्शन अवलोकन पनि गरिएको थियो ।...
एपेक्स एकेडेमीले कोरोना प्रभावित ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने
शिक्षा, समाचार

एपेक्स एकेडेमीले कोरोना प्रभावित ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं – एपेक्स एजुकेशनल एकेडेमीले कारोनाबाट प्रभावित ७ प्रदेशका ४९ जना विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ तयारी कक्षामा छात्रवृत्ति उपलव्ध गराउने भएको छ । एकेडेमीले शनिवार छात्रवृत्ति कार्यक्रमबारे जानकारी दिदैँ २३ औं बार्षिकोत्सवको अवसरमा चिकित्सा शिक्षा तथा इन्जिनियररिङ तर्फको पूर्व तयारी कक्षामा सहभागि हुने कोरोना प्रभावित तथा नेपाल सरकारले निर्धारण गरेको आरक्षित समुहलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो । विगत दुई दशकदेखि लोकसेवा आयोग अन्तरर्गतका तयारी कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले ईन्जिनियरिङ र मेडिकल तयारी कक्षामा सहभागि हुने कोरोना प्रभावित विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउने एकेडेमीका अध्यक्ष हरीप्रसाद पौडेलले बताए । उनले भने, ‘हामीले कलेजका टपरलाई मात्र प्राथमिकता नदिएर राज्यले दिएको कोटा अनुसार छात्रवृत्ति उपलव्ध गराउने ...
पढाइ बाहेक अन्य शुल्क नलिन विश्वविद्यालयहरूलाई शिक्षा मन्त्रालयको पत्र
शिक्षा, समाचार

पढाइ बाहेक अन्य शुल्क नलिन विश्वविद्यालयहरूलाई शिक्षा मन्त्रालयको पत्र

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरुलाई कारोना महामारी कायम अवस्थामा पढाई बाहेक अन्य शुल्क नलिन पत्रचार गरेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समिति मंगलबार इन्जिनियरिङ कलेजको विवादित शुल्कको विषयमा कोरोना महामारीको रहेको अवस्थामा पढाई बाहेक अन्य शुल्क नलिन निर्देशन दिएकाले विश्वविद्यालयले पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, र सूदुरपश्चिम विश्वविद्यालयलाई अतिरिक्त शुल्क नलिन पत्राचार गरेको हो । मंगलबार संसदीय शिक्षा तथा स्वास्थ्य समिति अध्यक्ष जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकले कोभिडको समयमा अन्य क्रियाकलाप नभएकाले अध्ययन शुल्क मात्र गर्न सरकारलाई निर्देशन दिएको छ ।...
एसईईको नतिजा सार्वजनिक
शिक्षा, समाचार

एसईईको नतिजा सार्वजनिक

यो वर्षको कक्षा १० को एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । शनिबार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरेको हो । शनिबारको बोर्ड बैठकले नतिजा प्रमाणिकरण गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए । उनका अनुसार बोर्डले विद्यालयले गरेको आन्तरिक मुल्यांकनलाई नै प्रमाणिकरण गर्ने काम गरेको छ । विद्यालयले मुल्यांकन गरेर सम्बन्धित जिल्ला शिक्षा विकास समन्वय इकाईमा पठाएको नतिजालाई नै प्रमाणिकरण गर्ने काम गरेको उनले बताए । उनले भने, ‘आआफ्ना विद्यार्थीको नतिजा सम्बन्धित विद्यालयलाई थाहा भएकाले सामान्य प्रमाणीकरण मात्र गरेका हौँ ।’ कुन विद्यार्थीले कति जीपिए ल्यायो भनेर विश्लेषण भने नगरेको उनले बताए । यो वर्षको एसईई परीक्षा दिन ५ लाख १७ हजारले आवेदन दिएका थिए । एसईई परीक्षाको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभी...
त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा साउनदेखि
शिक्षा, समाचार

त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा साउनदेखि

त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत झन्डै दुई लाख ५० हजारभन्दा बढी विद्यार्थीको परीक्षा सञ्चालन हुनेछ । कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि त्रिविमा अहिले स्नातक तह प्रथम वर्षमा दुईवटा समूह छन् । स्नातक तहका यी विद्यार्थी एउटै तहमा अध्ययन गरेको २० महिना भइसकेको छ । वार्षिक प्रणालीमा अध्ययन गरेका यी विद्यार्थीलाई पुरानै प्रणालीबाट परीक्षा लिने निर्णय त्रिविले गरेको छ । धेरै विद्यार्...