शैक्षिक संस्थाहरु बन्द गर्ने र खुलाउने विषयमा तर्क÷वितर्क
डा.डिआर उपाध्याय,
यति बेला कोरोनाको दोस्रो लहर सुरु भएको छ । यसले फेरि सबैजसो क्षेत्रलाई त्रास बनाएको छ । बिगत बर्षमा पनि हामी त्रासमा बाँच्न बाध्य भयौं । कोरोना संग खेलवाड कसैले गर्नु हुदैन । यो संग जोगिन सचेत र सर्तकता अपनाउनु पर्छ । अनाबश्यक घर वाहिर ननिस्कि भिडभाड र जमघट हुने कुनै पनि काम गर्नु हुदैन । हामी सवैले स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्छ । त्यसो भयो भने मात्र कोरोनाबाट बँच्न सकिन्छ । कोरोना संक्रमण फैलियो भने यसको असर सवै क्षेत्रमा पर्ने छ । आज फेरी सबैलाई आफ्नो पेसा व्यवसाय चौपट पर्ने होकी भन्ने चिन्ता थपिएको छ । नेपाल सरकारले २५ जना भन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ ।
नेपाल सरकारको यो आग्रहलाई सवैले पालना गरौं । हामी नागरिकले मिलेर नै सरकारलाई सहयोग पुयाउनु पर्छ । सरकारको एकल प्रयासले केहि हुदैन । कोरोना संग लडन सवै नागरिक एक जुट हुनु पर्छ । यो पार्टी र उ पार्...


