Monday, November 23

समाचार

रजनी र बबिले भने ‘पिरती लाको’
भिडीयाे, मनोरन्जन, समाचार

रजनी र बबिले भने ‘पिरती लाको’

काठमाण्डौं, पुष १० ग्यालेक्सी दैनिक नब गायक बबि लामा र लोक प्रिय गायिका रजनी लामाको स्वरमा रहेको काँठे लोक दोहोरी गीत “पिरती लाको“ बजारमा सार्बजनिक भएको छ । माया प्रेममा कुनै बाधा नभए जिन्दगी सजिलै काट्न सकिन्छ भन्ने कुरा सो गीतको भिडियोमा देखाउन खोजीएको छ । गीतमा बबि लामाको शब्द , राजु विरही सापकोटाको लय सिर्जना गीतमा रहेको छ । सरोज शाहीको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु बिरही सापकोटाको निर्देशनमा भिडियो तयार पारिएको छ । “पिरती लाको“ गीतको भिडियोमा ज्ञानेन्द्र तामाङ र बिपना गोलेको ससक्त अभिनय देख्न सकिन्छ । “पिरती लाको“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://youtu.be/xZHDKeLVsr8  ...
देश बनाउने हो भने गलत प्रवृत्तिमा सुधार ल्याउनु पर्छ
राजनीति, समाचार

देश बनाउने हो भने गलत प्रवृत्तिमा सुधार ल्याउनु पर्छ

-डा.डिआर उपाध्याय, अब देश बनाउने भनेको युवाहरुले हो । आज युवा पुस्ता राजनीतिमा अघि बढदै छन । पुरानो पुस्ताबाट नेतृत्व आफनो हातमा लिन युवाहरु लागेकै छन । युवा भनेका देशका कर्णधार हुन्, । पछिल्लो समयमा देशको जिम्मा युवालाई दिनु पर्छ भन्र्ने मान्यता रहदै आएको छ । युवाहरु बिना मुलुकको विकास र समृद्धि हुन सक्दैन । पुरानो पुस्ताले अब देशको बिकास गर्न सक्दैन । राजनीति भनेको समाज सेवा हो । राजनीतिको नाममा ब्यापार भइरहेको छ । यसमा सुधारको खाँचो छ । देशको विकास र जनताको हितका निम्ति नेताहरु इमान्दारका साथ लाग्नु पर्छ । विकास र समृद्धि नारामा मात्र होइन, ब्यवहारमा लागु गर्नु पर्छ । ऊर्जाशील युवा सत्तामा पुगे मुलुक गतिशील हुन सक्छ ।पछिल्लो समयमा राजनीतिप्रति युवाहरूको बढ्दो संलग्नता देखिएको छ । यो राम्रो सकेत हो । युवाहरू नयाँ सोच र नयाँ योजना लिएर अघि बढनु पर्छ । राष्ट्रियस्तरका सबै राजनीतिक दल...
समिरा लिगेश अभिनित सुनिताको निर्देशन रहेको “मैले भन्दा माया गर्ने” सार्वजनिक
मनोरन्जन, समाचार

समिरा लिगेश अभिनित सुनिताको निर्देशन रहेको “मैले भन्दा माया गर्ने” सार्वजनिक

काठमाण्डौँ, पुष ७  ग्यालेक्सी दैनिक थुप्रै चलचित्र तथा म्युजिक भिडियोहरुमा कोरियोग्राफी तथा निर्देशन गरिसकेकी चर्चित कोरियोग्राफर तथा निर्देशक सुनिता बस्नेतको निर्देशन रहेको “मैले भन्दा माया गर्ने” बोल रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रस्तुत गीतमा भ्वाइस अफ नेपाल सिजन वानका बिजेता गायक सि।डि विजय अधिकारीको स्वर रहेको छ भने शब्द तथा संगीत आर बि थापा एरेन्ज राजु कार्कीको रहेको छ । भिडियोमा लीगेश भट्टराई र सारीका घिमिरेको अभिनय रहेको छ । भिडियोमा उत्सव दाहालको छांयाकन तथा लीगेश भट्टराईको कन्सेप्ट तथा सम्पादन रहेको छ भने कलर राजेश कुमारको रहेको छ । भिडियो ओएस आर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/-u_uLIYBo7s...
रनवे मोडल सुपर स्टारको ताज उर्गेन र श्वेतालाई राईजिङ्
मनोरन्जन, राष्ट्र, समाचार

रनवे मोडल सुपर स्टारको ताज उर्गेन र श्वेतालाई राईजिङ्

कृयसन एण्ड एआर इन्टरटेण्मेण्टको आयोजनामा बालकुमारी स्थित म्युजिक सिटीको सिटी हलमा सम्पन्न रनवे मोडल सुपर स्टार २०२१ को ताज उर्गेन घलान र श्वेता श्रेष्ठले जितेका छन् । ए र बि- दुई भिन्न समुहबाट स्पर्धामा उत्रिएका घलान र श्रेष्ठले समुहको शिर्षमा रहदै उक्त ताज जितेका हुन । विजेताको ताजसँगै घलान र श्रेष्ठले आयोजकबाट नगद २५ हजार र प्रायोजकका तर्फबाट गिफ्ट हाम्परहरु समेत प्राप्त गरे । उनीहरुले डिस अफिसियल र डेण्टल प्रो इम्प्लाण्ट क्लिनिकबाट गिफ्ट हाम्पर तथा न्यु जेनिथ इङ्लिस मोडेल कलेजबाट दश जोड दुई अध्ययनका लागि एक लाखसम्मको छात्रब्रित्ती सुविधा र इडिआई ग्लोबल एडुकेशन काठमाडौंका तर्फबाट ५० हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत रिया लामा र सन्दिप परियारले अर्गनाइजर च्वाईस, रेश्मा श्रेष्ठ र अजित चढुङगेलले ब्राण्ड एम्बेसडर, विशाखा लामा र मिलन लाप्चाले भ्युअर च्वाईसको उपाधी हात पारे । इभेण्टका प्...
नेपाली अभिनेत्री नितुलाई ‘मिस एण्ड मिसेस ग्लोबल ईण्डिया’मा विशेष सम्मान
मनोरन्जन, समाचार, समाज

नेपाली अभिनेत्री नितुलाई ‘मिस एण्ड मिसेस ग्लोबल ईण्डिया’मा विशेष सम्मान

नेपाली अभिनेत्री नितु कोईरालाले भारतको उडिसामा भएको एक वृहत कार्यक्रममा आफ्नो प्रस्तुतीले उडिसावासी माझ लोकप्रियता बटुलेकी छिन । मिस एण्ड मिसेस ग्लोबल ईण्डिया २०२१ भव्य ग्राण्ड फिनालेमा उनले निर्णायकको भूमिका निर्वाह गर्नुका साथै सेलेब्रेटी अतिथीको रुपमा विशेष सम्मानित समेत भएकी थिईन । नेपाली कला संस्कृति झल्कने भेषभुषामा आकर्षक नृत्य पस्केर उडिसावासी माझ नेपाली संस्कृतिको समेत प्रवद्र्धन गरेकी छिन । कार्यक्रम आयोजकको विशेष निमन्त्रणामा करीब २ हप्ता लामो समय भारतका मुख्य शहरहरुको भ्रमणमा निस्किएकी अभिनेत्री कोईरालालाई विभिन्न संघ संस्थाबाट विशेष सम्मान गर्दै आईरहेको छ । कोईरालाको प्रस्तुतिलाई त्यहाँ उपस्थित दर्शक,अतिथीका साथै आयोजकहरुले खुलेर प्रशंसा गरेका थिए । राष्ट्र अन्तराष्ट्रिय अवार्ड जित्दै आईरहेकी कोईरालालाई विगत २ वर्षदेखि भारतका विभिन्न सामाजिक संघ संस्थाले विशेष अवार्ड तथा सम्...
‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर’ तथा ‘फेस अफ दि स्मार्ट किड्स’को अडिसन हुने
मनोरन्जन, समाचार

‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर’ तथा ‘फेस अफ दि स्मार्ट किड्स’को अडिसन हुने

काठमाण्डौँ, पुष ६ ग्यालेक्सी दैनिक विगत एक दशकदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको इभेन्ट म्यानेज मेन्ट कम्पनी युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२२’सिजन-३ र 'फेस अफ दि स्मार्ट किड्स २०२२' सिजन-२ गरेर एकैचोटी दुईवटा प्रतियोगिता गर्ने घोषणा गरेको छ । यही आँउदो पुषको शनिबार युथ क्रियसन नेपालको कार्यालय पुतलीसडकमा उक्त प्रतियोगिताको अडिसन हुने जानकारी आयोजक युथ क्रियसनका अध्यक्ष रवि लामा तामाङले जानकारी गराए । मोडलिङ क्षेत्र रोजेर उज्ज्वल भविष्य बनाउने सोचमा रहेका युवा युवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि आत्मा बिश्वास, मोडलिङ प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य प्रतियोगिताको रहेको कुरा पनि अध्यक्ष लामाले बताए साथे आफुले गर्ने सौन्दर्य प्रतियोगिता अरुले गर्ने भन्दा केही भिन्न तरिकाले गर्ने र प्रतिभाको मुल्याङ्कन पनि भिन्न तरिकाल...
किवानिज क्लबद्वारा ग्रामीण विद्यालयका विद्यार्थीलाई सहयोग
समाचार, समाज

किवानिज क्लबद्वारा ग्रामीण विद्यालयका विद्यार्थीलाई सहयोग

काठमाडौं । नेपालको विकट मेलुंग गाउँपालिका – ७, कातिके, ओखलढुंगास्थित श्री जनकल्याण आधारभूत विद्यालयमा स्थानीय निकायका बीच  वडा अध्यक्ष  हेम बहादुर सुनुवार, विद्यालय संस्थापक अध्यक्ष नवाङ्ग छिरिङ्ग शेर्पा, प्रधानाध्यापक सुनिता माया तामाङ, शिक्षिका  रत्ना पहारी, शिक्षकहरु तथा स्थानीय जनताका बीच विद्यार्थीहरुका लागि न्याना कपडा, स्टेशनरी एबम खेलकुदका सामान, प्राथमिक स्वास्थ्य सामाग्री, फर्निचर, खाना तथा बन्दोबस्तीका सामानहरु एउटा भव्य कार्यक्रमका बीच किवानिज क्लब अन्तर्राष्टिय (K69) अन्तर्गत नेपालमा रहेका १३ वटा डिभिजन मध्य ३ नर्थ भित्र रहेका ६ वटा क्लब हरु, किवानीज़ क्लब अफ बागमती नेपाल, किवानिक क्लब अफ बुढानिलकण्ठ, किवानिज क्लब अफ हेरिटेज , किवानिज क्लब अफ काठमाडौँ महानगर नेपाल , किवानिज क्लब अफ काठमाडौँ सनसाइन, किवानिज क्लब अफ तारकेश्वर नेपाल, सहित क्लबहरुको संयुक्त सहयोगमा  वितरण गरेको छ ...
लम्जुङमा बृहत स्वास्थ्य शिविर
राष्ट्र, समाचार, समाज

लम्जुङमा बृहत स्वास्थ्य शिविर

लम्जुङमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रीन सिटी हस्पिटलका २२ जना डाक्टर र आयोजक लायन्स क्लब अफ काठमाडौं बिहानी, लायन्स क्लब अफ काठमाडौं बुढानिलण्ठ ,लायन्स क्लब अफ लम्जुङ ग्लोबल सिटीसहित ४५ जनाको टिमले दुईदिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो । सो शिविरमा करिव एक हजार दुईसय महिला, बालवालिका तथा बृद्ध बृद्धाहरूको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य शिविर जनकल्याण माबिमा सम्पन्न भएको थियो ।...
लिटिल स्टार काभ्रेको ताज यानी र शिखालाई
मनोरन्जन, समाचार

लिटिल स्टार काभ्रेको ताज यानी र शिखालाई

काभ्रे । इनोभेसन इभेण्ट म्यानेजमेण्टको आयोजनमा पौष ३ गते काभ्रेमा सम्पन्न लिटिल स्टार काभ्रेको ताज यानी सिग्देल र शिखा मानन्धरले जितेका छन् । ए र बि- दुई भिन्न समुहबाट स्पर्धामा उत्रिएका सिग्देल र मानन्धरले समुहको शिर्षमा रहदै उक्त ताज जितेका हुन । सिग्देल र मानन्धरले ताज जितेको उक्त प्रतियोगितामा फर्स्ट रनर अपको उपाधी प्रनिशा चौलागाई र रिजा शिल्पकारले जितेका छन् भने अनुज्ञा ढकाल र दिया पराजुली सेकेण्ड रनर अप बन्न सफल भएका छन् । त्यसैगरि प्रतियोगिता अन्तर्गत थर्ड रनर अपमा सृसा लामा र अपेक्षा लिम्बु र फोर्थ रनर अपमा संयोग जंग थापा र अभय डङोलले स्थान सुरक्षित गरेका छन् । त्यस्तै प्रतियोगिता अन्तर्गत लिटिल प्रिन्स र लिटिल प्रिन्सेसको टाईटल क्रमश: अमोश श्रेष्ठ र स्‍मृति ढकालले जिते भने एलिशा सिंह मल्टिमिडियाको टाईटल जित्न सफल भईन् । शुशान्त काजी श्रेष्ठको कोरियोग्राफीमा सम्पन्न प्रतियोग...
नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनको अग्रसरतामा सुकुन्दा साहित्यपाला १७ बर्षपछि पुर्नगठन
समाचार, समाज

नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनको अग्रसरतामा सुकुन्दा साहित्यपाला १७ बर्षपछि पुर्नगठन

काठमाण्डौ, पुष ३  ग्यालेक्सी दैनिक काठमाडौं स्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियनको विशेष सकृयतामा ४१ वर्ष अर्थात् ने.सं ११०१ स्थापना भइ बन्द भएको सुकुन्दा साहित्य पाला पुनर्गठन गरिएको छ । आज भन्दा १७ वर्ष अघि अर्थात् विंस २०६१ सालदेखि बन्द रहेको सुकुन्दा साहित्य पालाको अध्यक्षमा प्रशान्त डंगोल, उपाध्यक्षमा विनोदमान सिंह, सचिवमा रिदेन महर्जन, सहसचिवमा इन्द्रमान महर्जन, कोषाध्यक्षमा सुस्मिता राजबाहक र सदस्यहरूमा रजिना डंगोल, सोमी डंगोल, सुभास डंगोल, सरिता मालाकार डंगोल, धिरज प्रजापति, सुष्मा श्रेष्ठ रहेका छन् । कार्यक्रमका अतिथि नेपाल भाषा शिक्षिका श्रृमिला सुवालले मृत अवस्थामा रहेको सुकुण्दा साहित्य पालालाई पुनर्जागरण गर्ने रिदेन महर्जन र प्रशान्त डंगोलको समूहलाई धन्यवाद प्रकट गर्दै नेवाः संस्कारमा जन्मिदादेखि शुभकार्यमा प्रयोग हुने सुकुन्दाको सांस्कृतिक महत्...