विश्वकीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको छ । राजधानीमा शनिबार एक विशेष कार्यक्रममा डा. उपाध्यायको १२औं उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको हो ।
भुँडी पुराणले प्रकाशन गरेको यो उपन्यासलाई बरिष्ठ साहित्यकार खेमनाथ दाहालको प्रमुख आतिथ्यतामा गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चुणमणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, संगीतकार सन्तोष श्रेष्ठ, भुँडी पुराणका अध्यक्ष कृष्णप्रसाद पराजुली, स्रष्टा डा. उपाध्यायलगातले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।
उपन्यासका बारेमा संगीतकार सन्तोष श्रेष्ठले समिक्षा गर्नुभएको थियो भने प्रमुख अतिथि र अन्य अतिथिहरूले सरल र मिठासपूर्ण रहेको टिप्पणी गर्नुएभएको थियो । टिन एजलाई लक्षित गरि लेखिएको उपन्यासमा समाजिक विषय वस्तु र जातिय विभेदका कुरा उठान गरिएको उहाँहरूले बता...










