Tuesday, November 24

समाचार

माइकल स्टेअप एण्ड आर्टस् एकेडेमीद्वारा विभिन्न व्यक्तित्वहरूलाई सम्मान
मनोरन्जन, समाचार

माइकल स्टेअप एण्ड आर्टस् एकेडेमीद्वारा विभिन्न व्यक्तित्वहरूलाई सम्मान

‘माइकल स्टेअप एण्ड आर्टस् एकेडेमी’ले तीजको अवसर पारेर तीन दर्जन भन्दा बढी कलाकर्मीलाई सम्मान गरेको छ । काठमाडौंको डिल्लीबजारमा अवस्थित एकेडेमी’ले हरितालिका तीजको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा गायक, गायिका, मोडल, निर्देशक, छायांकार, पत्रकार लगायतलाई सम्मान गरेको हो । कार्यक्रमका विशेष अतिथी गायक सीताराम पोख्रेल र देबेन्द्र शाहले कलाकर्मीहरूलाई सम्मान पत्रबाट सम्मानित गर्नुभएको थियो । सम्मानित हुनेहरूमा गायिका रचना रिमाल, एलिना चौहान, मोडलहरू आकाश श्रेष्ठ, पुष्प खड्का, प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा, स्मारिका-समारिका ढकाल, निर्देशक सुव्रतराज आचार्य, निशान घिमिरे, कलाकारहरू राज कटुवाल, नरेन खड्का लगायतका रहनुभएको छ । साथै, कार्यक्रमका विशेष अतिथीहरू डा. कृष्णहिर बराल, डा. डीआर उपाध्याय, गायक सीताराम पोेख्रेल, देबेन्द्र शाहलाई पनि सम्मानित गरिएको थियो । एकेडेमीका अध्यक्ष मा...
गीतकार अधिकारी को “भन्नू हुन्थ्यो “बा ले ” सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार अधिकारी को “भन्नू हुन्थ्यो “बा ले ” सार्बजनिक(भिडियो)

बाबुको मुख हेर्ने दिन नजिकिदै गर्दा प्रसिद्द गीतकार लोकराज अधिकारीको नया गीत ‘भन्नुहुन्थ्यो बा’ले’ सार्वजनिक भएको छ । राजेन्द्र बुढाथोकीको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेकोे उक्त गीत र भिडियो गायक बुढाथोकीको आफ्नै युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । ‘कुशे औँशी’ अर्थात ‘बुवाको मुख हेर्ने दिन’ नजिकिँदै गर्दा सम्पूर्ण बुवाहरुप्रति समर्पण गर्दै ‘भन्नु हुन्थ्यो बा’ ले’ बोलको गीत सार्वजिनक गरेको गीतकार अधिकारीले जानकारी दिए । गीतकार अधिकारी र गायक बुढाथोकीका बुवा प्रती ट्रीब्युट गरिएको गीत सार्वजनिक भए लगत्तै गीत बारे आफ्नो प्रतिकृया दिँदै गायक बुढाथोकीले भने, ‘यो धर्तिमा सबै थोक घरी-घरी मिल्न सक्छ । तर जन्म दिने आमा-बा कसैगरि पाइँदैन । हामीले बा’का अर्ति उपदेश र मार्ग दर्शन लाई जीवनमा थोरै मात्र लागू गर्न सके जीवन सार्थक हुन्छ । गीतकार लोकराज अधिकारीले आफुले सयौँ गीत रचना गरेको भए पनि यो ...
अन्ध राष्ट्रवादमा अल्झिएको राजनीति
राजनीति, समाचार

अन्ध राष्ट्रवादमा अल्झिएको राजनीति

डा.डिआर उपाध्याय, अन्ध राष्ट्रवादमा अल्झिएको राजनीति अब मुलकमा देश भक्त राष्ट्रवादी नेताको खाँचो छ । देश बनाउने कुरामा खेलवाड गरेर हुदैन । देश बनाउने भनेको देश भक्त राष्ट्रवादीेले हो । राष्ट्रवादी भावना सवै नेपालीमा हुनु पर्छ । त्यसो भयो भने मात्र देश बन्छ । बिदेशीको इसरामा चलेर देश बन्दैन । यो कुरा सबैले बुझनु पर्छ । अहिले जे भएको छ , त्यो देशको हितमा भएको देखिदैन । हाम्रो देशका जनता धेरै चिन्तित छन । नेताका कारण देश बर्वाद भयो । नेता बिदेशिको इसरामा चले । समस्या यो हो । देश र जनताको मुक्तिका लागी अव केही सोच्नु पर्ने बेला भएको छ । हाम्रो देशमा राष्ट्रवादी भावना बोकेका नेता नै पाउन गाहारो छ । खोक्रो राष्ट्रवादले मुलुक परिवर्तन हुदैन । भ्रमको खेती छर्ने नेताबाट मुलुक बन्दैन । आज नेपाली जनता धेरै सचेत छन । हिजोको जस्तो बेला अहिले छैन । अब जनतालाई भ्रम छर्ने नेताको भविश्य छैन । यो कुरा...
प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि
मनोरन्जन, समाचार

प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि

ग्लोकल प्रालि आयोजना गरेको ‘ग्लोकल टीन हिरो २०२१’ को उपाधि प्राञ्जल चालिसेले जितेका छन् । वाई वाई ग्लोकल टिन हिरो सातौं संस्करणको उपाधी टेक्नोप्रेनर प्राञ्जल चालिसेले जितेका हुन् । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा बुधबार अनलाइन कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल २०२१ को घोषणा गरिएको हो । वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीमा युट्युबर अनुराग चापागाईं, सामाजिक उद्यमी दीपक सुतिहार, वन्यजन्तु संरक्षणवादी खुस्बु भण्डारी, सामाजिक अभियन्ता नेहा गुरुङ, र टेक्नोप्रेनर प्राञ्जल चालिसे पुगेका थिए । प्राञ्जलले दृष्टि नेपालको आविष्कार गरी दृष्टि विहिन समुदायलाई मुद्रा बिल पहिचान र नगद लेनदेनमा मद्दत गरिरहेका छन । त्यसैगरी उनले कृषि समाचार र प्रामाणिक स्रोतहरु बाट जानकारी प्रदान गर्ने एक मोबाइल एप निर्माण गरेका छन् जसबाट किसानहरुलाई...
द मम् व्युटी कन्टेस्टको आवेदन खुला, अनलाईनमार्फत आवेदन दिन सकिने
मनोरन्जन, समाचार

द मम् व्युटी कन्टेस्टको आवेदन खुला, अनलाईनमार्फत आवेदन दिन सकिने

काठमाडौं- मोडल सङ्स नेपालले ‘द मम् -व्युटी कन्टेस्ट’ को आवेदन खुला गरेको छ । मोडल सङ्सले अनलाईनमार्फत आवेदन दिन सकिने व्यवस्था सहित भाद्र १८ गते शुक्रबार देखी प्रतियोगिताको आवेदन खुला गरेको हो । द मम् मा भाग लिन इच्छुक महिलाहरुले अनलाईन मार्फत वा मोडल सङ्सको कार्यालय कामपा-२८ बागबजारबाट फर्म भर्न सक्ने इभेण्ट आयोजक संस्थाका सिईओ डेभिल सिंह राजपुतले बताए । कार्यक्रम बारे थप जानकारी दिदै राजपुत भन्छन् ’इच्छुक महिलाहरुले रु. एक हजार तिरेर अनलाईन मार्फत र हाम्रो कार्यालयमा भौतिक रुपमा उपस्थित भई आवेदन फर्म भर्न सक्ने व्यवस्था हामीले मिलाएका छौं’ । सहभागीहरुलाई नेपालका चर्चित कोरियोग्राफर रोजिन शाक्यले तालिम दिने राजपुत बताउँछन् ।‘द मम्’ अन्य सौन्दर्य प्रतियोगिता भन्दा पृथक रहने आयोजक संस्थाका सरोज ओझाको दाबी छ । द मम् लाई फरक तरिकाले गर्न खोजिएको जानकारी दिदै ओझा भन्छन् ‘इभेण्ट क्षेत्र गसिपको ...
जनताले देशको बिकास र समृद्धि चाहेका छन
राजनीति, समाचार

जनताले देशको बिकास र समृद्धि चाहेका छन

-डा.डिआर उपाध्याय, राजनीति दल र तिनका नेताहरुलाई यो देशको कुनै चिन्ता छैन । उनीहरुलाई सत्ता बाहेक अरु चिन्ता छैन । देश र जनताका्े कुनै मतलव नै छैन । कुरा गरेर मात्र हुदैन ब्यवहारमा कार्यान्वयन गरेर देखाउनु पर्छ । नेताहरुले केहि कुरा ब्यवहारमा कार्यान्वयन गरेर देखाउन सकेनन् । आज देश ठूलो राजनीतिक संकटमा छ । जनताले देशको बिकास र समृद्धि चाहेका छन । तर यता तिर कसैको ध्यान नै छैन । बिकास र समृद्धि अहिलेको आबश्यकता हो । देश बनाउने कुरामा नेताहरुको ध्यान जानु पर्छ । राजनीतिक दल र तिनका नेताहरुको ब्यबहार र कार्यशैली देख्दा लाज लाग्छ । राजनीतिक दल र तिनका नेताहरुले जनतामा खासै आशा जगाउने काम गर्न सकेनन् । नेताहरु धनी बन्दै जाने काम मात्र भएको छ । देश र जनताको अवस्था सधै खोक्रो छ । यो पाराले देश बनाउन सकिदैन । जनताको अवस्था दयनीय बन्दै गएको छ । जुन देशमा नेता धनी हुन्छन त्यस देशमा जनताको अवस्...
मोडल निशा घिमिरेको निधन
मनोरन्जन, समाचार

मोडल निशा घिमिरेको निधन

नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । अस्पतालका अनुसार उनको बुधबार साँझ ६ः५१ बजे निधन भएको हो । लामो समयदेखि नर्भिकमा उपचाररत घिमिरेको मुटु र मिर्गौलाले काम गर्न छोडेको अस्पतालले जनाएको छ । मंगलबारमात्र अस्पतालले पत्रकार सम्मेलन गर्दै उनको अवस्था स्थिर रहेको जनाएको थियो । उनलाई अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको थियो । नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष माेहन निराैलाले फेसबुकमार्फत निशाकाे निधनकाे पुष्टी गरेका छन् । उनका पिता प्रेम घिमिरेका अनुसार निशालाई पाइपको सहायताले झोलिय खानेकुरा खुवाइँदै आएको थियो । तीन वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेको डेढ महिनामा नै उनी दुर्घटनामा परेकी थिइन् । त्यहाँ प्रारम्भिक उपचार पछि उनलाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो । तीज गीतको भिडियोबाट मोडलिङ सुरु गरेकी निशाले झण्डै तीन दर्जन हाराहारीमा भिडिय...
गत २४ घण्टामा थप २ हजार ५२ मा कोरोना संक्रमण
विशेष, समाचार

गत २४ घण्टामा थप २ हजार ५२ मा कोरोना संक्रमण

गत २४ घण्टामा नेपालमा १४ हजार ९३५ जनाको परीक्षण गर्दा २ हजार ५२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ३० जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ६१२ पीसीआर परीक्षण गर्दा १ हजार ६४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३२३ परीक्षण गर्दा ४०४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ जना रहेको छ ।...
काठमाडौँकाे फोहोर उठाउन थालियो
राष्ट्र, समाचार

काठमाडौँकाे फोहोर उठाउन थालियो

काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडौँमा फोहर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर आशिंक रुपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ ।गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइड पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो । ल्याण्डफिल्ड साइडका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए । जसका कारण दुई साता भन्दा लामो समयदेखि राजधानीको फोहोर ब्यवस्थापन हुन सकेको थिएन । बुधबारबाट उपत्यकाका अधिकांश स्थानबाट फोहर उठाउन सुरु गरिएको र अव नियमित फोहर उठाइने महानगरको भनाइ छ । यसअघि महानगर र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएको थियो । ९ बुँदे सहमति फोहरको विसर्जन गर्ने ठाउँबाट नौ सय मिटर दूरीमा पर्ने अति प्रभावितलाई घरटहराको प्रति स्क्वायर मिटर वार्षिक रु ५० कायम रहने, फोहर विसर्जन खाल्डो खनेर गर्ने र माट...
शेयर बजारमा सामान्य सुधार
अर्थ/व्यापार, समाचार

शेयर बजारमा सामान्य सुधार

बुधबार शेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार ६९ अंकको उच्च गिरावट आएको बजारमा बुधबार भने सामान्य वृद्धि भएको छ । बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १.१४ अंकले बढेर २९७६.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.१७ अंकले बढेर ५५०.६९ विन्दुमा पुगेको छ । बुधबार २२६ कम्पनीका एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेययर खरिदबिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रुपैयाँ बराबरको भएको छ । ३ उपसमूहमध्ये ४ उपसमूहको शेयर बढेको छ, भने बाँकी ९ वटा उपसमूहको शेयर घटेको छ । बुधबार रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।...