Tuesday, November 24

समाचार

आज कहाँ-कहाँ पानी पर्छ ? य्स्तो छ मौसम पूर्वानुमान
मौसम, समाचार

आज कहाँ-कहाँ पानी पर्छ ? य्स्तो छ मौसम पूर्वानुमान

 बुधबार देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा पानी परिरहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको देखिन्छ। आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।  त्यस्तै आज राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १ का एक(दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ । ...
भारतमा थपिए ४३ हजार  ७२ संक्रमित, ४६२ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थपिए ४३ हजार ७२ संक्रमित, ४६२ संक्रमितको मृत्यु

भारतमा थप ४३ हजार ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २८ लाख १० हजार ८९२ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८५ हजार ५१६ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४६२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५४ पुगेको छ ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

 नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३६ पैसा र बिक्रीदर १६१ रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ  ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
आज २०७८ भाद्र १६ गते बुधबारको राशिफल
रोचक, समाचार

आज २०७८ भाद्र १६ गते बुधबारको राशिफल

आज २०७८ भाद्र १६ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) (Aries) नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) (Taurus) आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)(Gemini) यात्रा गर्दा सचेत हुनुपर्नेछ । म...
मेकअप आर्टिष्ट टेकराज पाण्डे नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झाबाट सम्मानित
मनोरन्जन, समाचार

मेकअप आर्टिष्ट टेकराज पाण्डे नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झाबाट सम्मानित

“राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ मा मेकअप आर्टिष्ट टेकराज पाण्डे नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झाबाट सम्मानित भएका छन ।विगत एक दशक भन्दा लामो समयदेखि मेकअप आर्टिष्ट र मेकअप प्रशिक्षकको रुपमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका पाण्डेले थुपै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड जितेका छन । राज मेकअप स्टुडियोका प्रमुख समेत रहेका पाण्डेले ईभेन्ट क्षेत्रमा पनि सफलता हासिल गरेका छन । केहि दिन अघि मात्र बोस्टर अवार्डमा उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड जितेका पाण्डेले सयौं उत्कृष्ट सफल सौन्दर्य व्यबसायीहरुलाई प्रशिक्षण दिईसकेका छन । उक्त कार्यक्रममा व्यवसायी, व्युटिसियन नेपाली चलचित्रकर्मी, संगीतकर्मी लगायत विभिन...
शेयर बजारमा ६९.०५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
अर्थ/व्यापार, समाचार

शेयर बजारमा ६९.०५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अंकले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । लगातार करेक्सन देखिन थालेको शेयर बजारमा आजको गिरावट पछिल्ला दिनहरु मध्येको सबैभन्दा ठूलो हो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० को विन्दमुा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ६९.०५ विन्दुले घटेर दुई हजार ९७५.८४ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.३४ विन्दुले घटेर ५५०.५२ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । कूल २२७ कम्पनीको दुई करोड ३१ लाख नौ हजार ७१३ कित्ता शेयर रु १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ वटै उपसमूहको शेयर आज ओरालो लागेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत रु ४१ खर्ब ५७ अ...
विश्व किर्तिमानी गितकार डा.डिआरको ‘नाम केवल तिम्रो’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्व किर्तिमानी गितकार डा.डिआरको ‘नाम केवल तिम्रो’सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्याको नयाँ गीत ‘नाम केवल तिम्रो’ सार्वजनिक भएको छ । प्रदाप दाशको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, शाहस शाक्यको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/kXIKVILZfVU कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा अनुप बोहरा र रक्षा न्यौपानेलाई फिचरिङ गरिएको छ । सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोमा युवराज खत्रीको सम्पादन छ । गीतमा आफूले माया गरेकी मायाको तारिफ गरिएको छ । निक्कै कलात्मक ढङ्गले भिडियो प्रस्तुत गरिएको छ । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतसहित विभिन्न विविध ५९ विधामा विश्व रेकर्ड राख्नु भएको छ । डा. उपाध्याय...
रात्रिकालीन व्यवसाय सञ्चालन गर्न माग
समाचार

रात्रिकालीन व्यवसाय सञ्चालन गर्न माग

कोराना महामारीले बन्द गरिएका रात्रीकालिन व्यवसायहरु सञ्चालनमा आउनुपर्ने भन्दै ठमेल पर्यटन विकास परिषद्ले काठमाडौं प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् । मंगलबार परिषद्को टोलीले कोरोना महामारीका कारण ठमेल क्षेत्रमा ठूलो नोक्सानी पुर्‍याएकाले रात्रिकालीनलगाएत अन्य व्यवसाय सहज रुपमा सञ्चालन गर्न दिनुपर्ने भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले सहज रुपमा व्यवसाय सञ्चालन गर्न नपाउदा घरभाडा तिर्न नसकेको र बैंकको सावा व्याज बुझाउन नपाएको गुनासो गरे । स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गरि होटल, रेष्टुरेन्ट, स्पा लगायतका व्यवसाय पहिलेकै अवस्थामा पूर्ण रुपमा सञ्चालनका लागि अनुमति दिन प्रशासनको ध्यानाकर्षण गरिएको परिषद्का उपाध्यक्ष राजुमान डंगोलले जानकारी दिए । ज्ञापन पत्र बुझ्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी प...
काठमाडौँको फोहोर भोलिबाट उठ्ने
राष्ट्र, समाचार

काठमाडौँको फोहोर भोलिबाट उठ्ने

काठमाडौँ महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार बिहान ६ बजेबाट उठ्ने भएको छ । आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतसहितको बैठकले यस्तो निर्णय गरेको हो । ‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने,’ ‘स्थानीयका हामीले गर्न सक्ने समस्या भए हामी समाधान गर्छौ । हामीले समाधान गर्न नसक्ने समस्या भए हामी सम्वन्धित निकायसँग समाधानका लागि पहल गर्छौ । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’ उनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिए । ‘सिसडोलमा फोहोर व्यवस्थापनको काम ...
गठबन्धनको छलफल विना निष्कर्ष टुङ्गियो, मन्त्रालयको भागबन्डा विषयमा कुरा मिलेन
राजनीति, समाचार

गठबन्धनको छलफल विना निष्कर्ष टुङ्गियो, मन्त्रालयको भागबन्डा विषयमा कुरा मिलेन

मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनमा आबद्ध दलहरुबीचको छलफमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमती जुट्न सकेन । अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने गरी बैठक सकिएको एक नेताले बताए ।  एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी गर्ने भनिएको थियो । तर  कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा कुरा नमिल्दा छलफल विना निष्कर्ष टुङ्गिएको हो । माधव नेपालको नयाँ पार्टी बनेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिइने भनिए पनि तुरुन्तै सहमती जुट्न सकेन ।  आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी रहेका थिए ।  सरकार गठन भएको डेढ म...