Tuesday, November 24

समाचार

विश्वभर ४५ लाख संक्रमितको मृत्यु, २१ करोड ६७ लाखमा संक्रमण
विशेष, समाचार

विश्वभर ४५ लाख संक्रमितको मृत्यु, २१ करोड ६७ लाखमा संक्रमण

विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ५८४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ लाख ६ हजार ७१९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ८३ हजार १२६ जना संक्रमण मुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १९ करोड ३६ लाख ३३ हजार ५७३ पुगेको छ । यही अवधिमा ५ लाख ३५ हजार ९०३ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २१ करोड ६७ लाख ४ हजार ६५७ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८५ लाख ६४ हजार ३६५ छ । यसमध्ये १ लाख १३ हजार १४९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी न...
देशका विभिन्न स्थानमा भारी बर्षा
मौसम, समाचार

देशका विभिन्न स्थानमा भारी बर्षा

केही दिनदेखि नेपालमा लगातार पानी परिरहेको छ । आइतबार पनि सामान्य देखि पूर्ण बदली रही काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा पानी परिरहेको छ । अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही  स्थानहरूमा  हल्का देखि मध्यम पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको देखिन्छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भागको केही नजिक रहेको छ। आज दिउँसो देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १,  गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  ठुलो पानी पर्ने सम्भावना रहेको छ ।  त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावन...
काबुल विमानस्थलमा फेरि हमला हुन सक्ने अमेरिकाको चेतावनी
अन्तर्राष्ट्रिय, समाचार

काबुल विमानस्थलमा फेरि हमला हुन सक्ने अमेरिकाको चेतावनी

अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आतंककारी हमला हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबारसम्ममा काबुलमा फेरि अर्को आक्रमण हुनसक्ने जानकारी आएको बताएका हुन् । बाइडेनले जारी गरेको विज्ञप्तिमा आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरिएको छ । बाइडेन ग्राउन्डमा रहेका अमेरिकी नागरिकको सुरक्षा गर्न आफूले सेनाले निर्देशन दिएको  पनि बताएका छन् । लगत्तै अमेरिकाको स्टेट डिपार्टमेन्टले जोखिमलाई मध्यनजर गदै यसअघि नै सो क्षेत्रबाट टाढा रहन आफ्ना नागरिकहरूलाई चेतावनी जारी गरेको छ । गत बिहीबार काबुल विमानस्थलमा नै भएको आक्रमणमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान गएको थियो । आक्रमणको जवाफमा अमेरिकाले इस्लामिक स्टेट–के (आइएस–के) लाई लक्षित गरि गरेको ड्रोन आक्रमणमा हमलाको योजनाकारसहित दुई जना म...
रियल मड्रिडको संघर्षपूर्ण जित
खेलकुद, समाचार

रियल मड्रिडको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल बेटिसमाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले बेटिस क्लबलाई १–० ले हराएको हो । रियलको जितमा ड्यानी कार्भाजलले ६१औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जतिसँगै रियल ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । रियल बेटिस २ अंकसहित तालिकाको १४औँ स्थानमा छ ।...
भारतमा थपिए ४५ हजार संक्रमित, ४५७ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थपिए ४५ हजार संक्रमित, ४५७ संक्रमितको मृत्यु

भारतमा थप ४५ हजार ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २६ लाख ९४ हजार १८८ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७५ हजार २०० जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४५७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३७ हजार ८६० पुगेको छ ।...
आज २०७८ भदौ १३ गते आइतबारको राशिफल
रोचक, समाचार

आज २०७८ भदौ १३ गते आइतबारको राशिफल

आज २०७८ भदौ १३ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)(Aries) :अरूलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग पनि रहेको छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)(Taurus) :आज न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) (Gemini) :आज श्रमदान गर्ने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रसङ्गमा पनि सफल भइनेछ । कर्कट (हि, हु, हे, हो, डा,...
साधना म्युजिक अवार्डको दोस्रो संस्करण भव्य रुपमा सम्पन्न,३० विधामा अवार्ड प्रदान
मनोरन्जन, समाचार

साधना म्युजिक अवार्डको दोस्रो संस्करण भव्य रुपमा सम्पन्न,३० विधामा अवार्ड प्रदान

सामना म्युजिक क्रियशन प्रा.लि.को आयोजनामा राजधानीमा शुक्रबार दोस्रो साधना म्युजिक अवार्डमा सम्पन्न भएको छ । विभिन्न ३० विधामा अवार्ड प्रदान गरिएको समारोहमा गायक कृष्णभक्त राईलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । उहाँलाई नगद ११ हजार १११ नगद सहित सम्मान गरिएको थियो । गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार दामोदर पुडासैनी, कलाकार मोहन निरौला, गायक चन्द्र शर्मा, शिव परियार, सीताराम पोख्रेल, गीतकार तथा साहित्यकार शान्तिप्रिय, समाजसेवी टेकबहादुर बम, सहित्यकार डीआर राई, गीतकार/पत्रकार सुमन वैरागी लगायतले सम्मानित व्यक्तित्व तथा उत्कृष्ट सर्जकहरूलाई अवार्ड प्रदान गर्नुभएको थियो । समारोहमा आइटिविज्ञ राजेन्द्र अर्याल र लेखक तथा पत्रकार गीता अधिकारीलाई सम्मान प्रदान गरिएको थियो । अवार्ड समारोहका सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्य राख्...
बाढीले दुई दर्जन घर डुबान
राष्ट्र, समाचार

बाढीले दुई दर्जन घर डुबान

अविरल वर्षासँगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२ बेतौनाका एक दर्जनभन्दा बढी घरहरु डुबानमा परेका हुन् । घरमा पानी पसेपछि पीडितहरू नजिकैको छिमेकीको घरमा शरण लिएर बसिरहेका स्थानीयवासी सञ्जय मण्डलले जानकारी दिए । स्थानीय तहले पोखरीको बाँध बाँध्न रकम छुट्याए पनि राम्रोसँग काम नगर्दा फुटेर गाउँमा पानी पसेको स्थानीयवासीको आरोप छ ।यसैगरी मैनावती खोलामा आएको बाढीले वडा नं ९ का दुई घर डुवानमा परेको छ भने बलक्वास्थित मुस्लिम समुदायको मृत्यु संस्कार गर्ने स्थान (कबरिस्तान) बगाएकोे र मदर्सामा समेत क्षति पुर्याएको छ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–६ मा एउटा घर भत्किएको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेँलले जानकारी दिए । वर्षाको पानी बजार पसेकाले मिर्चैयाका दर्जनौँ पसल जलमग्न भएको छ...
फोहर नउठेपछि घरघरबाट वाग्मतीमा फालिँदै डङ्गुर
समाचार, समाज

फोहर नउठेपछि घरघरबाट वाग्मतीमा फालिँदै डङ्गुर

डेढ महिनादेखि काठमाडौँ उपत्यकाबाट फोहर उठ्न नसक्दा घरघरबाट वाग्मती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ । वाग्मती सफाइ महाअभियानको ४३३औँ हप्तामा काठमाडौँ महानगरपालिका– ११ स्थित थापाथलीको शिवमन्दिर क्षेत्रमा सफाइका क्रममा यस्तो भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी डा माला खरेलले जानकारी दिए । करिब १५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट जम्मा भएको फोहर नदी किनारमै थुपार्नुपरेको अभियानकर्मीले जनाएका छन् । डेढ महिनाअघिदेखि नै राजधानीको फोहर नउठ्दा सफाइ गरेर फोहर नदी किनारमै थुपार्न बाध्य हुनुपरेको हो । आजको सफाइमा पनि खोलबाट फोहर टिपेर किनारमा राखिएको हो । पानीले फेरि फोहर नदीमै लैजाने चिन्ता रहेको अभियानकर्मी खरेलले बताए । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, ११ नं वडा अध्यक्ष हीरालाल तण्...
थप १८५७ मा कोरोना संक्रमण, २७ को मृत्यु
विशेष, समाचार

थप १८५७ मा कोरोना संक्रमण, २७ को मृत्यु

 गत २४ घण्टामा नेपालमा १३ हजार १७६ जनाको परीक्षण गर्दा १ हजार ८५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार २२२ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४०९ पीसीआर परीक्षण गर्दा १ हजार ५१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ७६७ परीक्षण गर्दा ३४१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २७ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८६६ जना रहेको छ ।...