Monday, November 23

समाचार

धनुषामा ससुरा र बुहारीको शव फेला, छोरा पक्राउ
अपराध, समाचार

धनुषामा ससुरा र बुहारीको शव फेला, छोरा पक्राउ

धनुषाको मिथिला बिहारी नगरपालिकामा एकै घरका ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानका लागि छोरालाई नियन्त्रणमा लिएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–५ स्थित ललियामा ५५ वर्षीय रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेसँगै हत्या आशङ्कामा प्रहरीले मृतकका छोरा तथा पति ३० वर्षीय भागेश्वर मण्डललाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार घरबाट रामवृक्ष र बुहारी अम्बिका एकै पटक बेपत्ता भएको स्थानियले बताएपछि खोजतलास गर्दा शव भेटिएको थियो । हत्या गरेको आशङ्कामा पक्राउ परेका भागेश्वर मण्डलमाथि थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।...
नेपाली क्रिकेट टिम ओमान प्रस्थान
खेलकुद, समाचार

नेपाली क्रिकेट टिम ओमान प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार ओमान प्रस्थान गरेको छ । क्रिकेट विश्व च्याम्पियनसिप लिग २ र पपुवा न्युगिनीसँगको एक दिवसीय क्रिकेट श्रृंखला खेल्न नेपाली टिम मंगलबार त्यसतर्फ लागेको हो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिमलाई नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिब अशोकनाथ प्याकुरेलसहितका पदाधिकारीले बिदाइ गरेका छन्  । ओमानमा रहँदा नेपालले लिग २ मा अमेरिका र ओमानसँग त्रिकोणीय श्रृंखलाका ४ खेल खेल्नेछ । लिगमा तीनवटै देशले एकअर्का विरुद्ध २–२ खेल खेल्ने छन् । लिगभन्दा अघि नेपालले पपुवा न्युगिनीसँग २ खेलको एकदीवसीय क्रिकेट श्रृंखला खेल्ने छ । पूर्व कप्तान पारस खड्काको सन्यासपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ। नेपाल यो पटक नयाँ जर्सीमा समेत मैदानमा देखिने छ। यो खेलमा पारसको कमी कुन खेलाडीले पूरा गर्छन् भन्ने हेर्न लायक हुनेछ। यस्तै तिब्र गत...
मृत भेटिइन् ‘कंचना ३’ अभिनेत्री अलेक्जेण्डर
मनोरन्जन, समाचार

मृत भेटिइन् ‘कंचना ३’ अभिनेत्री अलेक्जेण्डर

रसियन मोडल तथा अभिनेत्री अलेक्जेण्डर उत्तर गोवाको एक घरको छतमा झुण्डिएको अवस्थामा भेटिएकी छन् । २४ वर्षीया अभिनेत्री गत शुक्रबार आफ्नो घरको भित्री कोठाको छतमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । उनी यो घरमा प्रेमीका साथ बस्दै आएकी थिइन् । गोवा प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या भने पनि उनीहरु पोस्टमार्टम रिपोर्ट पर्खिरहेका छन् । प्रहरीका अनुसार अलेक्जेण्डर मानसिक रुपले तनावग्रस्त थिइन् । पछिल्ला केही दिन यता उनी नियमित औषधि लिइरहेकी थिइन् । गोवा प्रहरीले रसियन दुतावासलाई कानूनी प्रक्रिया सुरु गर्न भनेको छ । उनीहरुले दुतावासलाई पोस्टमार्टम रिपोर्ट चाँडै आउने आश्वासन दिएका छन् । अलेक्जेण्डरले सन् २०१९ मा चेन्नई प्रहरीमा एक फोटोग्राफरविरुद्ध यौन दुव्र्यवहारको उजुरी दिएकी थिइन् । उनले फोटोग्राफरले तस्वीर खिच्नुको साटो यौन चाहना व्यक्त गरेको दाबी गरेकी थिइन् । अभिनेत्रीको निधनप...
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अर्थ/व्यापार, समाचार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बढेको मूल्यसहित आज छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सनुको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ कायम भएको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेको छ।...
राजनीति दल र तिनका नेताहरु सत्ता स्वार्थको राजनीतिमा
राजनीति, समाचार

राजनीति दल र तिनका नेताहरु सत्ता स्वार्थको राजनीतिमा

-डा.डिआर उपाध्याय, आज नेपाली जनता समस्या र चुनौती संग जुधिरहेका छन । अहिले राजनीति दल र तिनका नेताहरु सत्ता स्वार्थको राजनीतिमा रुमल्लिरहेका छन । देश र जनताको चिन्ता भन्दा पनि उनीहरुलाई सत्ताकै चिन्ता छ । राजनीतिक प्रतिस्पर्धाका नाममा एकले अर्कोलाई सिध्याउने खेलमा लागिरहेका छन । अरू पार्टीले गरेको राम्रो काम देख्नै नसक्ने, अरूको खेदो खन्ने, खुट्टा तान्ने, टीकाटिप्पणी र आलोचना गर्ने बाहेक नेताले अरु केहि देखेका छैनन् । कार्यकर्तालाई वर्षाैंसम्म आशा देखाएर झुलाइरहने काम नेताबाट हुदै आएको छ । तल्लो तहका धेरै नेता कार्यकर्ताको जिवन बर्वाद भइरहेको छ । जनतालाई झुटा आश्वासन दिने काम भने सिङको नभाँच्ने नेताहरुको प्रवृति छ । नेताहरुले जनताले दिएको भोटको अपमान गरिरहेका छन । जनताको भोटमार्फत सत्तामा पुग्छन अनि सत्तामा पुगे पछि सबै कुरा बिर्सन्छन । आफ्नो निजी स्वार्थमा लाग्छन । अकुत सम्पति आर्जन...
कुलमान घिसिङको नियुक्तिविरूद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
राजनीति, समाचार

कुलमान घिसिङको नियुक्तिविरूद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुँदैछ । घिसिङको नियुक्ती बदरको माग गर्दै भदौ २ मा सर्वोच्च पुगेका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परे पनि ‘हेर्न नभ्याइने’ मा राखिएको थियो । प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए। शाक्यले आफ्नो सहमतिबिना प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले आफू सोही पदमा बहाल रहेको जिकिर गरेका छन् । आफूले राजीनामा दिएको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने उनको जिकिर छ । ११ महिनाअघि कार्यकाल पूरा भएर बाहिरिएका घिसिङलाई मन्त्...
गैँडा मारेर खाग तस्करी गरेको आरोपमा पक्राउ
अपराध, समाचार

गैँडा मारेर खाग तस्करी गरेको आरोपमा पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् । निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका–२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहनी नगरपालिका–६ रिजालटोल २५ वर्षीय आरोष उप्रेतीलाई पक्राउ गरिएको हो । चितवनकै भतरपुर महानगरपालिका–२८ स्यालबास बस्ने ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमालसमेत दुई जनालाई कारागारबाट झिकाई अनुसन्धान अघि बढाइएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताउनुभयो । अनुसन्धानकै क्रममा फरार प्रतिवादी रामकुमार प्र...
प्रदेश-२ र लुम्बिनी बाहेकका सबै प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना
मौसम, समाचार

प्रदेश-२ र लुम्बिनी बाहेकका सबै प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

 मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रहि  प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरूमा तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको देखिन्छ। न्युन चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । बागमती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई  स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।  त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ। ...
भारतमा ११ हजार ३ सय संक्रमित थपिए
अन्तर्राष्ट्रिय, समाचार

भारतमा ११ हजार ३ सय संक्रमित थपिए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २  सय ६६ जनाको मृत्यु भएको छ । यसअघि एकैदिन ३ सय ८५ संक्रमितको ज्यान गएको थियो । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३५ हजार ५० पुगेको छ ।   पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५९ सय जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि भारतमा एकैदिन २५ हजार ४ सय २० संक्रमित फेला परेका थिए । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २४ लाख ६० हजार ३ सय २८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ४ सय ८३ कोरोना संक्रमित निको भएका छन् । हालसम्म ३ करोड १६ लाख ९० हजार ५ सय ८६ कोरोना संक्रमित निको भइसकेका छन् । ...
डि.पी. दाहालको तीज गीत ‘फिलिली नाचम्ला’मा नयन र अन्जली (भिडियो)
मनोरन्जन, समाचार

डि.पी. दाहालको तीज गीत ‘फिलिली नाचम्ला’मा नयन र अन्जली (भिडियो)

गीतकार डि.पी. दाहाल (परिश्रमी) को शव्द रचनामा रचित तीजको गीतमा चर्चित मोडलद्धय नयन डि.सी. र अञ्जली अधिकारीलाई नचाएका छन् । दाहालले आफ्नै शब्दमा रहेको यो तीजमा ‘फिलिली नाचम्ला’बोलको गीतमा चर्चित मोडललाई फिलिली नचाएका हुन् । हालसालै युटुब मार्फत सार्बजनिक भएको यस गीतमा स्वर भने चर्चित गायिका शान्ति श्री परियारले भरेकी छिन् । https://youtu.be/Y-J_lk9YKFg गीतले तीजमा माईतीमा गएर गरिने रमाईलोको पक्षलाई उजागर गरेको छ । स्मृति तिमिलसिना ‘गुरुआमा’ को निर्देशन रहेको’ गीतको भिडियोलाई सम्पादन प्रकाश धमलाले गरेका हुन् भने पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् । गीतकार दाहालले यसअघि मायाको क्या राम्रो आँखा, मायाको घरबार लगायतका गीत चर्चामा छन् ।...