Monday, November 23

समाचार

थप १ हजार ८०१ जना कोरोना संक्रमण
विशेष, समाचार, स्वास्थ्य

थप १ हजार ८०१ जना कोरोना संक्रमण

गत २४ घण्टामा नेपालमा ११ हजार ३२६ जनाको परीक्षण गर्दा १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ९२४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार ६२२ परीक्षण गर्दा २५३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २४ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार साेमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार ३५१ जना रहेका छन् ।...
टिम्बर ग्रुप अफ इन्डस्ट्रि आकर्षक ढोकाहरु बजारमा
अर्थ/व्यापार, समाचार

टिम्बर ग्रुप अफ इन्डस्ट्रि आकर्षक ढोकाहरु बजारमा

टिम्बर ग्रुपले आफना नयां उत्पादनहरु सार्वजनिक गरेको छ ।विगत १० वर्षदेखी नेपाली बजारमा रेडिमेड ढोका उत्पादन गर्दै आएका टिम्बर ग्रुप अफ इन्डस्ट्रिले दि एभरेष्ट होटल काठमाडौंमा एक बिशेष समारोहको आयोजना गरी देशभरका प्रतिष्ठित उद्योगी, व्यवसायी, इन्जिनियर, ठेकेदारहरुको उपस्थितिमा आफ्ना थप नयाँ उत्पादनहरु बजारमा लिएर आएको हो । घर निर्माणमा ढोकाका लागी सवैको पहिलो रोजाईमा पर्दै आएको टिम्बरले हालै मात्र आफना नयाँ उत्पादन हरुमा टिम्बर थाङ्का , काठको थाङ्का, टिम्बर फिटिङ , टिम्बर फर्निचर , टिम्बर इन्टेरियर अन्तराष्ट्रिय तथा नेपाली बजारमा एकैसाथ नयाँ उत्पादन ल्याइएको जानकारी डिजीटल माध्यमद्वारा कम्पनीका सीईओ एक नारायणले गराउनु भएको थियो ।...
कृष्ण पौडेलको निर्देशनमा ‘तीज आयो’ (भिडियो)
मनोरन्जन, समाचार

कृष्ण पौडेलको निर्देशनमा ‘तीज आयो’ (भिडियो)

नेपाली महिलाहरू महान् पर्व तीज नजिकिदै जादा तीजका गीतहरू सार्वजनिक भइरहेका छन् । यही मेसोमा कृष्ण पौडेलको निर्देशन रहेको तीज गीत ‘तीज आयो…’को भिडियो सर्वाजनिक भएको छ । सार्वजनिक गीतमा एलिना चौहानको स्वर, इन्दु दनुवारको शब्द, विकास चौधरीको सङ्गीत र संजय हमालको सङ्गीत संयोजन छ । https://youtu.be/jzvgqDI7qZI प्रतिभा चामलिङको कोरियोग्राफी रहेको गीतको भिडियोमा इन्दु दनुवार, विष्णु थामी र प्रकाश क्षेत्रीको अभिनय रहेको छ । सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोमा युवराज खत्रीको सम्पादन छ । गीतको भिडियो गायिका एलिनको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।...
युवाहरु नेतृत्वको दास बने
राजनीति, समाचार

युवाहरु नेतृत्वको दास बने

-डा.डिआर उपाध्याय, अब देश बिकास र समृद्धिका लागी युवा जुटनु पर्छ । देश बनाउने भनेको युवाले हो । युवा तात्नु पर्छ । बुढा नेताबाट अब युवाले नेतृत्व खोसेर लिनु पर्छ । अब पनि बुढा नेताको हातमा नेतृत्व गयो अथवा जान दियौ भने मुलुकको अवस्था जहाँको त्यहि हुने निश्चित छ । अहिले हाम्रो देशमा सबै दलमा बुढा नेताहरुले नै नेतृत्व गदै आएका छन । उनीहरुले युवालाई सजिलै नेतृत्व छाडलान भन्ने कुनै छाँटकाँट नै छैन । आर्यघाट नपुन्जेल नेतृत्व छाडन कुनै बुढा नेता तयार छैनन् । यो हाम्रो देशको समस्या हो । युवाहरु नेतृत्वको दास बने । नेतृत्वलाई कुनै युवा नेताले दवाव दिने आँट गर्न सकेनन् । युवामा आँट हुनु पर्छ । आँट र साहासले नै मुलुक बनाउने हो । आज देशमा यति धेरै उर्जाशिल युवा नेता छन । तर सबै किनाराको साक्षी मात्र भए । एमाले भित्र त्यहि समस्याले पाटी फुट्यो । ओली र नेपालले नेतृत्वको टकराव नगरेको भए पार्टी ...
लिभरपुलको लगातार दोस्रो जित
खेलकुद, समाचार

लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा लुभरपुलले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको लिगको दोस्रो चरणको पहिलो खेलमा लिभरपुलले बर्नलीलाई २–० ले हरायो । लिभरपुलको जितमा डिएगो जोटा र साडियो मानेले एक एक गोल गरे । लिभरपुलले दुई खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बर्नली अंक विहिन हुदै तालिकाको १७औँ स्थानमा छ ।...
आज जनै पूर्णिमा र रक्षा बन्धन, सरकारले दियो सार्वजनिक बिदा
राष्ट्र, समाचार

आज जनै पूर्णिमा र रक्षा बन्धन, सरकारले दियो सार्वजनिक बिदा

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दान...
भारतमा थपिए ३१ हजार ४३ संक्रमित, ४०१ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थपिए ३१ हजार ४३ संक्रमित, ४०१ संक्रमितको मृत्यु

भारतमा थप ३१ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३१ हजार ४३ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २४ लाख २३ हजार ५४९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ६० हजार १५० जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४०१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३४ हजार ३९९ पुगेको छ ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६० पैसा र बिक्रीदर १६२ रुपैयाँ ४२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
आज २०७८ भदौ ६ गते आइतबारको राशिफल
रोचक, समाचार

आज २०७८ भदौ ६ गते आइतबारको राशिफल

आज २०७८ भदौ ६ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अरूलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग पनि रहेको छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज श्रमदान गर्ने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रसङ्गमा पनि सफल भइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आकस्मिक धनला...
थप २ हजार ७५ कोरोना संक्रमित, ३० को मृत्यु
विशेष, समाचार

थप २ हजार ७५ कोरोना संक्रमित, ३० को मृत्यु

गत २४ घण्टामा नेपालमा १३ हजार ७५ जनाको परीक्षण गर्दा २ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ३८२ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ७०३ पीसीआर परीक्षण गर्दा १ हजार ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ३७१ परीक्षण गर्दा ६५१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ । हाल सक्रिय संक्रमित ३९ हजार ३२१ जना रहेका छन् ।...