सरकारको प्रभावकारिता बढ्न सकेन
-डा.डिआर उपाध्याय,
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई मिलाएर लैजान सक्ने बाटो तय गर्नु पर्छ । यसो गर्न सकेमा उनको कार्यकाल सफल हुन सक्छ । देउवाले जनतामा उत्साह भर्नका लागी लोकप्रिय कार्यक्रम ल्याउनु पर्छ । जनतामा शासकप्रति नकारात्मक भावना चुलिएको अवस्था छ । यसका लागि प्रधानमन्त्री र सत्ता गठबन्धन दलका सबै नेताले गम्भिरता पूर्वक सोच्नु पर्ने बेला भएको छ ।
नेपाल विद्युत् प्रधिकरणको कार्यकारी निर्देशकका रूपमा पुनः कुलमान घिसिङ आउनुले जनतामा उत्साह पैदा भएको छ । उनको नियुक्तिका बिषयलाई सकारात्मक रूपमा लिनुपर्छ । यो कार्यले हाम्रो मान्छे होइन, राम्रो मान्छे नियुक्ति भएको सन्देश गएको छ । कुलमानको नियुक्तिलाई सबैले स्वागत गरेका छन् । अब अन्य महत्वपूर्ण स्थानमा जिम्मेवारी दिँदा पनि यसरी नै हाम्रो मान्छे होइन, राम्रो मान्छेले स्थान पाउनु पर्छ । त्यसो भयो भने मात्र मुलुक बन्...










