Monday, November 23

समाचार

सेयर बजारमा दिन प्रतिदिन नयाँ कीर्तिमान, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो
अर्थ/व्यापार, समाचार

सेयर बजारमा दिन प्रतिदिन नयाँ कीर्तिमान, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेले नयाँ किर्तिमान कायम गरेको छ। बिहीबार सेयर बजार परिसूचक नेप्से १६.४१ अंक बढेर ३१७९.० अकंमा बन्द भएको छ। यो हालसम्मकै उच्च विन्दु हो। दिन प्रतिदिन नयाँ नयाँ कीर्तिमान कायम गर्दै आएको नेप्से परिसूचक बुधबार करिब १ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त कीर्तिमान तोड्दै बिहीबार नेप्सेले नयाँ उचाईको कीर्तिमान कायम गरेको हो। बिहीबार कारोबार रकममा पनि वृद्धि भएको छ। यस दिन २२५ कम्पनीको १७ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसअघि बुधबार १५ अर्ब ४५ करोडको कारोबार भएको थियो। यस दिन समूहगत रुपमा हेर्दा जीवन बीमा, बैंकिङ, ब्यापार, विकास बैंक, फाइनान्स, उत्पादन र म्युचअल फण्ड समूहमा हरियाली छायको छ। अन्य समूहमा गिरावट आएको छ। बिहीबार ७ वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ। महालक्ष्मी वि...
काठमाडौं उपत्यकामा आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने
राष्ट्र, समाचार

काठमाडौं उपत्यकामा आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै काठमाडौं उपत्यकामा आज रातिदेखि निषेधाज्ञामा कडाई गरिदैछ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बैठकले उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरेको छ ।  आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने  सञ्चालन गर्न पाइनेछ ।  कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यका लगायत अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरसको तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ ।...
सरकारको न्यूनतम साझा कार्यक्रम, कार्यान्वयनमा छिटो आओस्
राजनीति, विचार, समाचार

सरकारको न्यूनतम साझा कार्यक्रम, कार्यान्वयनमा छिटो आओस्

-डा.डिआर उपाध्याय, अब मुलुकलाई सहि बाटोमा र बिकासको गतिमा अघि बढाउने हो भने राजनीतिक दलहरुले राष्ट्रिय सहमतिमा जोड दिनु आबश्यक छ । एकले अर्को दललाई सिध्याउने जुन किसिमका खेलहरु भइरहेका छन् ति खेलहरु देशको हितमा छैनन् । अब राजनीतिक दलहरु गम्भिर भएर मुलुकको हितमा लाग्नु पर्ने देखिन्छ । देशको लागी सबै दलले सोच्नु पर्छ । ब्यक्तिगत स्वार्थमा अल्झिएर मुलुकलाई बर्वाद पारिनु हुदैन । जनताले दुख्ख पाइरहेका छन । जनताका आबश्यकताहरु दिन प्रतिदिन बढदै गएका छन । जनताका समस्यामा राजनीतिक दल र सरकार गम्भिर बन्नु पर्छ । मैले पटक पटक जनताका पक्षमा कलम चलाउदै आएको छु । तर पनि कसैले सुनेको पाइदैन । सुने पनि नसुने जस्तो गर्छन । समस्या हरेक ठाउँमा हुन्छ, समस्यालाई कसरी चिर्ने भन्ने ठूलो कुरा हो । वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रम पनि सार्वजनिक भएको छ । यो न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि पनि ...
दर्शकको मन जित्दै टेलिचलचित्र‘आमा सबैकी’ (भिडियो)
मनोरन्जन, समाचार

दर्शकको मन जित्दै टेलिचलचित्र‘आमा सबैकी’ (भिडियो)

टेलिचलचित्र ‘आमा सबैकी’ले यतिवेला दर्शकको मन जित्न सफल भएको छ । मञ्जरी मिडियामार्फत आइरहेको यो समसामायिक टेलिचलचित्रलाई युट्युवमा दर्शकले साथ दिइरहेका छन् । यसको तेस्रो भागसम्म आइपुग्दा सबैको तारिफ बटुल्न सफल भएको छ । राजु गिरीले निर्देशन गरेको यो टेलिचलचित्रमा संगम भण्डारी, सविन बास्तोला, सुभेच्छा थापा, राजु गिरी, सुदन धिताल, लक्ष्मिनाथ तिमिल्सिना, रचना पौडेल, सरोज दाहाल, सुप खनाल, मोहन घिमिरे, समिता रिजाल, सरोज मानन्धरलगायतका कलाकारको अभिनय रहेको छ । https://youtu.be/dW1QQIPCBmk रामकृष्ण चौलागाईंको छायाँकन, ललित सिंह साउदको सम्पादन रहेको यो टेलिचलचित्रको निर्माण सुस्मिता धितालले गर्नुभएको हो । टेलिचलचित्रमा सामाजिक विषयवस्तुलाई यर्थाथ परक र व्यङ्ग्यातमक रुपमा प्रस्तुत गरिएको छ । यो टेलिचलचित्र हरेक शुक्रबार चार बजे सार्वजनिक हुने गरेको छ । ‘आमा सबैकी टेलिचलचित्र तेस्रो भागस...
यस बर्षको ‘मिस्टर एण्ड मिस एसईई आईकन’को आठौं संस्करणको उपाधि रिभा र निमा तेन्जिङ्गले हात पारे
मनोरन्जन, समाचार

यस बर्षको ‘मिस्टर एण्ड मिस एसईई आईकन’को आठौं संस्करणको उपाधि रिभा र निमा तेन्जिङ्गले हात पारे

ललितपुर : यस बर्षको मिस्टर एण्ड मिस एसईई आईकनको आठौं संस्करणको उपाधि रिभा खनाल र निमा तेन्जिङ्ग शेर्पाले जितेका छन । मिस तर्फकी उपाधी विजेता रिभाले मिस एसईई आईकनको ताज सहित मोष्ट पपुलर, बेष्ट स्पीच र मल्टीमिडिया च्वाइस अवार्ड समेत हात पार्न सफल भईन भने मिस्टर तर्फका शेर्पाले उपाधी सहित बेष्ट सिंगर तथा मल्टीमिडिया च्वाइसको अवार्ड हात पारे ।त्यसै गरि, मिस तर्फ सुस्मिता बरालले फस्ट रनर अपको उपाधी सहित बेस्ट स्माईलको अवार्ड जितिन भने सन्जिता परियार सेकेण्ड रनर अपको उपाधि सहित मस्ट डिजरभिङ्गको अवार्ड, स्तुती न्यौपानले थर्ड रनर अपको उपाधी सहित मोष्ट आइकोनीक आइज तथा मिस फरफेक्टको अवार्ड र कुशुम आले मगरले फोर्थ रनर अप सहित बेष्ट डान्सको अवार्ड हात पार्न सफल भईन ।मिस तर्फ अन्य टाईटल विजेताहरुको विवरण :-सुजाता तामाङ्ग : मिस क्याटवाक तथा मोष्ट फोटोजेनिकतिसा शाक्यः मिस ट्यालेन्टरिजुला श्रेष्ठः मोष्ट क...
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा आज छलफल हुँदै
राजनीति, समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा आज छलफल हुँदै

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक आज बस्दैछ । साउन १९ गते विपक्षी गठबन्धनका ३४ सांसदको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले आज दिंउसो १ बजेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका हुन् । प्रतिपक्ष ४ दलले संसदमा तेस्रो पटक मुख्यमन्त्री शंकर पोखरेलविरूद्व अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । आजको विशेष अधिवेशनमार्फत मुख्यमन्त्री पोखरेलविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ । प्रदेशसभामा बैशाखमै अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले विभिन्न बहानमा सरकार टिकाइरहेका छन् । सरकारसँग ३८ मत मात्र रहेको प्रदेशसभामा विपक्षीले सभामुखसहित ४२ मत रहेको दाबी गर्दै आएका छन । प्रदेश सभामा अहिले ८० सांसद कायम छन् । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन् । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता स...
नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरू हुँदै
खेलकुद, समाचार

नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरू हुँदै

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आज शुरू हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पोखरा रंगशालामा टिमको प्रशिक्षण गर्न लागिएको जनाएको छ । प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट भने सहभागी हुने छैनन् ।  दुबै खेलाडी चोटका कारण फिट छैनन् । उनीहरुको स्थानमा शिशिर लेखी र सेसेहाङ आङदेम्बे टिममा सामेल हुने एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ  । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ  ।...
भारतमा थप ३६ हजार संक्रमित, ४६८ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थप ३६ हजार संक्रमित, ४६८ संक्रमितको मृत्यु

भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३६ हजार ३१६ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २० लाख ३३ हजार ३३३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९३ हजार ५२६ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४६८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २९ हजार १८३ पुगेको छ ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ २८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
आज २०७८ साउन २७ गते बुधबारको राशिफल
रोचक, समाचार

आज २०७८ साउन २७ गते बुधबारको राशिफल

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला ।...