Sunday, November 22

समाचार

चर्चित गायक खुमन अधिकारीको तीज गीत ‘अब होला केही’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

चर्चित गायक खुमन अधिकारीको तीज गीत ‘अब होला केही’ सार्वजनिक (भिडियो)

चर्चित गायक खुमन अधिकारीको तीज गीत ‘अब होला केही’… सार्वजनिक भएको छ । गायिका शान्तिश्रीको समेत स्वरवद्ध उक्त गीतको भिडियोमा गायक अधिकारीको पनि अभिनय रहेको छ भने उनलाई मोडल अन्जली अधिकारीले साथ दिएकी छिन । प्रकाश पराजुलीको शव्द रहेको गीतको संगीत संकलन खुमन तथा प्रेमदेवी गिरीको रहेको छ । https://youtu.be/P4ooF9bJ-7Q ‘शिवदर्शन फिल्मस्’ युट्यूब च्यालनबाट सार्वजनिक भिडियोको निर्देशन तथा कोरियोग्राफी स्मृति तिमल्सिना ‘गुरुआमा’ले गरेकी हुन । करन चैसिरको छायांकनको रहेको भिडियोलाई नविन घर्ति मगरले कलर तथा सम्पादन गरेका छन । यो गीतमा गायक अधिकारी महादेवको रुपमा प्रस्तुत भएका छन् भने मोडल अन्जलीसंग नृत्य पनि गरेका छन्। खुमन अधिकारिको केहि दिन अगाडी मात्र मरिन्छ कि बोलको गीतमा स्वरसंगै अभिनय गरेका थिए। उक्त गीतले बजारमा दर्शकको राम्रो साथ पाएको थियो।...
युरो कपः क्वार्टरफाइनलका खेल आजबाट
खेलकुद, समाचार

युरो कपः क्वार्टरफाइनलका खेल आजबाट

युरो कप २०२० अन्तर्गत शुक्रबारबाट क्वार्टरफाइनलका खेल सुरु हुँदै छन्। शुक्रबार हुने क्वार्टरफाइनलमा स्पेन र स्विट्जरल्यान्ड तथा बेल्जियम र इटाली आमनेसामने हुँदै छन्। पहिलो क्वार्टरफाइनलमा स्पेनको सामना गर्दा स्विट्जरल्यान्ड प्री क्वार्टरफाइनलमा विश्वविजेता फ्रान्सविरुद्ध गरेको उत्कृष्ट प्रदर्शनको निरन्तरता चाहन्छ। अन्तिम १६ भिडन्तमा फ्रान्सविरुद्ध स्विट्जरल्यान्डले ३–१ को स्थिति उल्ट्याउँदै निर्धारित समयको खेलमा ३–३ को बराबरी गरेको थियो। जहाँ किलियन एम्बाप्पे पेनाल्टीमा चुकेसँगै स्विट्जरल्यान्डले फ्रान्सको चुनौती पेनाल्टी सुटआउटमा ५–४ ले पन्छाउँदै क्वार्टरफाइनलको यात्रा पक्का गरेको थियो। विश्वविजेतालाई हराएसँगै स्विट्जरल्यान्ड उच्च मनोबलका साथ स्पेनविरुद्ध मैदान उत्रनेछ। सन् १९३८ को विश्वकपपछि स्विट्जरल्यान्डले प्रमुख प्रतियोगिताको नकआउट चरणमा हात पारेको यो नै पहिलो जित थियो। ३–१ ...
वर्षाका कारण १४ सडक ठप्प, ४९ एकतर्फीमात्रै सञ्चालन
समाचार

वर्षाका कारण १४ सडक ठप्प, ४९ एकतर्फीमात्रै सञ्चालन

 नियमित वर्षाका कारण पछिल्लो दुई दिनमा देशका २३ वटा सडक अवरुद्ध बनेका छन् । नियमित वर्षाका कारण आएको बाढी र पहिरोले अहिले १४ सडक ठप्प छन् भने ४९ सडक एकातर्फबाट मात्रै सञ्चालनमा छन् । पूर्व–पश्चिम राजमार्गको नवलपूरको थुम्सी, पितौजीमा अवरुद्ध छ । दुई साता पहिलेदेखि नै अवरुद्ध भएकाले सडक विभागले खुलाइरहेको डुम्रे–बेशीशहर–चामे सडक पहिरोका कारण थप क्षतिग्रस्त बनेको छ । यो सडक भन्सार र तुरतुरेमा अवरुद्ध भएकामा तुरतुरेमा एकातर्फबाट सडक खुलाइएको छ । बेशीशहर–चामे सडक ठप्प भएकामा पैदलयात्रु समेत झुण्डिएर यात्रा गर्नुपरेको सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिए । हुलाकी राजमार्गअन्तर्गत बर्दियाको सत्तीघाट कर्णाली पुलमा सडक अवरुद्ध भएको छ । चितवन जिल्लाको ठोरी–भरतपुर–मुग्लिन, आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल सडक र आरुघाट–सिर्दिवास–रोइला सडक पनि अवरुद्ध छ । राष्ट्रिय राज...
एमाले केन्द्रीय कमिटीको बैठकमा माधव नेपाल समूह सहभागी नहुने
राजनीति, समाचार

एमाले केन्द्रीय कमिटीको बैठकमा माधव नेपाल समूह सहभागी नहुने

सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। एमालेले दशाैं महाधिवेशन आयोजक कमिटी भंग भरी त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेकाे थियाे। शुक्रबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। बैठकमा माधवकुमार नेपाल समूहले भने सहभागी नहुने जनाएको छ। पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेकै स्थितिमा बैठकमा सहभागी हुन नसकिने जनाएको छ। खनाल–नेपाल समूहले एमाले र माओवादी केन्द्रको एकता हुनुभन्दा अगाडिको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आए पनि ओलीले पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएकाले बैठकमा सहभागी नहुने सो समूहको अडान छ। ओलीले दशौं महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर त्यसैलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका छन्, जसमा पूर्व माओवादीका २० जना सदस्य छन्।...
आइतबारसम्म निरन्तर वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
मौसम, समाचार

आइतबारसम्म निरन्तर वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

बुधबार साँझबाट परिरहेको पानी आइतबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गर्ने दैनिक बुलेटिनमा आगामी आइतबारसम्म वर्षा भारी रहने जनाएको छ। २४ घण्टामा पूर्वानुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भू–भागमा भु–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’ प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। पूर्वानुमान महाशाखाका अनुसार आज दिउसो देशभर साम...
नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध
समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ५ः३० बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ। पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने कार्यालयले जनाएको छ । बिहीबार सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। यसैबीच दमौली–पहिरोका कारण तनहुँको डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ। निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो। तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड बिहीबारदेखि अवरुद्ध छ। बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिम...
थप २७०० बढीमा कोरोना पुष्टि, ४००० निको
विशेष, समाचार

थप २७०० बढीमा कोरोना पुष्टि, ४००० निको

बिहिबार नेपालमा २ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार १३० पीसीआर र ३ हजार ८५५ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ८५७ र ९०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७६ हजार ५०९ पुगेको छ । जसमध्ये ६ लाख १४९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार १७ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ३३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार १४५ जनाको मृत्यु भएको छ । बिहिबार नेपालमा २ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार १३० पीसीआर र ३ हजार ८५५ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ८५७ र ९०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख...
तनहुँमा पहिरोमा २ जनाको घटनास्थलमै मृत्यु, ३ जना घाइते
समाचार

तनहुँमा पहिरोमा २ जनाको घटनास्थलमै मृत्यु, ३ जना घाइते

तनहुँमा पहिरोमा परेर २ जनाको ज्यान गएको छ । ज्यान जानेमा बन्दीपुर गाउँपालिका–३ तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेल रहेका छन् ।  घर माथिबाट खसेको पहिरोले २ जनाको घटनास्थलमै ज्यान गएको हो भने एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।  घाइते हुनेहरुमा सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा रहेका छन् । पहिरोका कारण चार घर जोखिममा परेका छन् । घटनास्थल जाने बाटोहरु पनि पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ ।...
फेरी बढ्यो सुनको मूल्य
अर्थ/व्यापार, समाचार

फेरी बढ्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मुल्य ८ सयले बढेको छ । बुधबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको छ । हिजो प्रतितोला तेजाबी सुनको मुल्य ८९ हजार ५ रहेको थियो । यसैगरी, आज चाँदीको मुल्य पनि २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ । हिजो १२ सय ९० रुपैयाँ तोलामा खरिद बिक्रि भएको थियो ।...
मेलम्ची खोलामा फेरि बहाव बढ्यो
समाचार

मेलम्ची खोलामा फेरि बहाव बढ्यो

अविरल बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलामा फेरि वहाव बढेपछि त्यहाँका स्थानीयवासीलाई त्रसित बनेका छन् ।  निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्रहरीले त्यहाँका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।  गएको असार १ र असार ५ गते आएको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको छ । अझै बाढी आउनसक्ने भएकाकाले तटीय क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा गएर बस्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।...