जनताका पिरमर्कामा मलम पट्टि लगाउने भनेको सरकारले हो
डा.डिआर उपाध्याय,
अव सरकारले हामी छौ है, राज्य छ, है भन्ने दायित्वबोध गर्नुपर्छ अव सरकारले ढिला नगरीकन विपन्न वर्गको लागि विशेष आर्थिक कार्यक्रम लागू गर्नु पर्छ । सरकार भनेको देशको अभिभावक हो । जनताको सेवा गर्न सधै तयार भएर बसिरहनु पर्छ । आपत बिपतका बेलामा हो सरकारले हेर्ने भनेको अघि पछि त जनता आफै गरिखान्छन । यति बेला कोरोनाको दोस्रो लहरले सवैमा त्रास फैलाएको छ ।
कोरोनालाई नियन्त्रणमा ल्याउन भन्दै आज बाट बन्दा बन्दी सुरु भएको छ । दैनिक श्रम गरेर बिहान बेलुकाको छाक टार्नेहरुको चुलो बल्ने हो की होइन त्यो भने चिन्ताको बिषय बनेको छ । काम गर्न नपाए पछि चुलो पनि कसरी बोल्ला र ? अव सरकारले हामी छौ है, राज्य छ , है भन्ने दायित्वबोध गर्नुपर्छ । श्रमजीवि बर्ग देखि सवैको बिषयमा गम्भिर भएर सोच्ने सरकारले हो ।
अव सरकार चलायमान हुन जरुरी छ । जनताका पिरमर्कामा मलम पट्टि लगाउने भनेको सरकारले हो ...










