दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाई
काठमाडौं, राष्ट्रपति विद्या देवी भण्डारीले डा. गौरी शंकर लाल दासलाई हेम बहादुर मल्ल सम्मान प्रदान गरेकी छिन् ।विहिवार राष्ट्रपति भवन शितल निवासमा आयोजित सम्मान समर्पण कार्यक्रम माझ दासलाई उक्त सम्मानबाट विभुषित गरिएको हो । जन प्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रममा पुर्व मन्त्री एवम् कानुन आयोगका अध्यक्ष माधव पौडेल, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धर, साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, साल्ट ट्रेडिङका संचालक समिती सदस्यहरु ध्यानगोविन्द रंजित, अन्जन श्रेष्ठ, प्रदिपलाल श्रेष्ठ, वहालवाला एवम् पुर्व उच्च प्रशासक, साल्ट ट्रेडिङका अधिकारीहरु आदीको उपस्थिती रहेको थियो । सम्मान ग्रहण पस्चात कार्यक्रम माझ बोल्ने क्रममा डा. दासले राष्ट्रपतिबाट सम्मानित हुन पाएकामा गौरव महशुश गरेको धारणा राख्दै आफ...
