Thursday, November 19

समाचार

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न
मनोरन्जन, समाचार

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा मिस ग्रेस एयर होस्टेस सफलतापूर्वक सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत एवम् संस्थापक सुरज थापाले गरेका थिए । नेपालका लोकप्रिय कलाकारहरुको प्रस्तुती समेत रहेको कार्यक्रम चावहिल स्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको थियो । अष्ट सम्मान २०८१ का मुख्य व्यक्तित्वहरूः अष्ट सम्मान २०८१ ले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेको छ । सो सम्मान पाउनेमा प्रसिद्ध सामाजिक अभियन्ता­ अनुराधा कोइराला, प्रसिद्ध गायक­ आनन्द कार्की, विमान विज्ञ­ भावना पन्त, संचारकर्मी­ जगदीश खरेल, नेपालकी पहिलो एक खुट्टा नर्तकी­ रोमा न्यौपाने, वाताबरण संरक्षक­ राजेश कटवाल, युवा ब्यवसायी­...
सौगातजंग थापाको “बाँचेकै छ भनिदिनु”(भिडियो)
मनोरन्जन, समाचार

सौगातजंग थापाको “बाँचेकै छ भनिदिनु”(भिडियो)

कृष्ण कार्कीको शब्द,सौगात जंग थापाको संगीतमा “बाँचेकै छ भनिदिनु” सार्वजनिक भएको छ। कृष्ण कार्कीको शब्द,सौगात जंग थापाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सौगात जंग थापाको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्। युबराज खत्रीको निर्देशन रहेको उक्त भिडियोमा सौगात जंग थापा,रोशन श्रेष्ठ र अर्जुन थामीको अभिनय रहेको छ। सुजन श्रेष्ठले छायाँङ्कन गरेको भिडियोलाई युबराज खत्रीले सम्पादन,कलर गरेका हुन्। सौगात जंग थापाको प्रस्तुती रहेको “बाँचेकै छ भनिदिनु” म्यूजिक भिडियो Saugat Jung Thapa युट्युब च्यानल मार्फत् बजारमा आएको छ।...
बानेश्वरमा गोमा अधिकारीले संचालनमा ल्याईन ‘बाटिका क्रियसन बुटिक’
अर्थ/व्यापार, समाचार

बानेश्वरमा गोमा अधिकारीले संचालनमा ल्याईन ‘बाटिका क्रियसन बुटिक’

अभिनेत्री प्रियंका कार्की, गायिका रेखा शाह र लेखक एवम् नेपाली खाना बिज्ञ रोहिणी राणाले काठमाडौँको थापा गाउँमा रहेका बाटिका क्रियसन बुटिकको उद्घाटन गरेका छन् । शनिवार अभिनेत्री प्रियंका, गायिका रेखा र नेपाल खाना बिज्ञ रोहिणीले यो बुटिकको रिबन काटेर उद्घाटन गरेका हुन् । यो बुटिकलाई मिसेस् हिमालयन नेपाल तथा फेशन व्यवसायी गोमा अधिकारी धितालले स्थापनासँगै सञ्चालन गर्दै आएकी हुन् । अभिनेत्री प्रियंका कार्कीले आफूले चाहे अनुसारका विभिन्न शैली र डिजाइनका पहिरन बाटिका क्रियसन बुटिकमा रहेकाले आफूले पनि बाटिका क्रियसनको पहिरन प्रयोग गर्ने बताइन् । सबै प्रकारका पहिरन एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्य सहित स्थापित बाटिकाको सफलताको लागि प्रियंकाले गोमालाई शुभकामना दिइन् । चलचित्र, म्युजिक भिडियोको छायांकन तथा विभिन्न समारोहमा अतिथिको रूपमा सहभागी हुन तुरुन्तै कपडा चाहिने हुँदा त्यस्ता कपडा बाटिका क्...
चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न
मनोरन्जन, समाचार

चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी ल्यान्ड नेपाल को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई सयानम अधिकारी ले लेखन तथा निर्देशन गरेका छन् । ३५ दिन को अवधिमा सम्पन्न गरिएको यसको छायाङ्कन काठमाडौं, ललितपुर, भक्तपुर, र पर्साको ठोरी क्षेत्रमा गरिएको हो । यसको कथा काठमाडौंको अँध्यारो पक्ष, मानव तस्करी, हत्या, अपहरण र अपराधका कथालाई उजागर गर्ने खालको रहेको निर्देशक अधिकारीले बताए । “एक दाजुले आफ्नी १९ बर्सिया बहिनीको खोजीमा अपराधीहरूसँगको सङ्घर्ष गर्ने कथावस्तुमा आधारित ‘कालमाण्डू’ एक्सन, थ्रिलर र सस्पेन्स विधामा निर्माण गरिएको छ,” निर्देशकले भने । यस चलचित्रमा गजित बिस्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, अलिशा बास्तोला, रोशनी कार्की, ललना चिमारिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, र शिव अधिकारीको मुख्य अभिनय रहनेछ । यसको छायाङ्कन प...
समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा ‘श्याडो सपोर्ट फाउन्डेसन’को औपचारिक उद्घाटन
समाचार, समाज

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा ‘श्याडो सपोर्ट फाउन्डेसन’को औपचारिक उद्घाटन

अमेरिका ।  समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट फाउन्डेसनको औपचारिक उद्घाटन गरिएको छ । संस्थाका संस्थापक अध्यक्ष सुवेदीले विभिन्न कार्यक्रमहरूबारे प्रकाश पार्दै कठिन परिस्थितिमा रहेका व्यक्तिहरूको जीवन सुधार गर्ने योजनाहरू प्रस्तुत गरेका थिए ।  फाउन्डेसनले समाजमा सकारात्मक प्रभाव पार्ने र मानिसहरूको दैनिक जीवन तथा ब्यवसायलाइ मजबुत बनाउने लक्ष्य राखेको बताएका छन् । कार्यक्रममा संस्थाका सह- संस्थापक तथा निर्देशक मण्डलका सदस्य चरण सुवेदीले” श्याडो सपोर्ट फाउन्डेसनको लक्ष्य, उद्देश्य र भावी योजनाबारे जानकारी गराएका छन् । सुवेदीले फाउन्डेसनले समाजका कमजोर वर्गका व्यक्तिहरूलाई सहयोग गर्दै उनीहरूको जीवनमा आशा तथा अवसरको उज्यालो ल्याउने प्रतिबद्धता जनाएका छन् । निर्देशक मण्डलका सदस्य नारायण भारतीले कार्यक्रममा आएका सम्पूर्ण अतिथिहरूलाई स्वागत गरेका थिए भने संस्थ...
बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण
मनोरन्जन, समाचार

बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण गरेको हो । ग्रन्थको लोकार्पण काइँलासहित डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, राससका महाप्रवन्धक सिद्धराज राई, समाजसेवी मकरध्वज वनेमलगायतले लोकार्पण गर्नुभएको थियो । प्रतिष्ठानद्वारा दुई वर्षअघि धरानमा काइँलालाई नागरिक अभिनन्दन गरेको थियो । समारोहमा नेपाली भाषा-साहित्य र कलामा उल्लेखनीय योगदान पुर्‍याउने दुई सर्जकलाई सम्मान र पुरस्कार अर्पण गरिएको थियो । ताप्लेजुङ निवासी राजेश्वर थापालाई प्रतिभा सम्मान र सिक्किम निवासी सन्ध्या सिङजाङगो सुब्बालाई प्रतिभा पुरस्कार अर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले थापालाई माला, टोपी, सम्मान...
भ्यालेन्टाईनमा गीतकार अधिकारीको ‘तिम्रो प्रित’ सार्वजनिक(भिडियो)
अर्थ/व्यापार, समाचार

भ्यालेन्टाईनमा गीतकार अधिकारीको ‘तिम्रो प्रित’ सार्वजनिक(भिडियो)

भ्यालेन्टाइन्स् डे को अवसर पारेर गीतकार युवराज अधिकारीको नयाँ कोशेली सार्वजनिक भएको छ ।  अधिकारीको शब्द रचना हरेको ‘तिम्रो प्रीत’ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो । गीतकार अधिकारी नेपाल वायुसेवा निगमका  कार्यकारी अध्यक्ष समेत हुन् । गीतकार अधिकारी रचित यस अघिका गीतहरुले अवार्ड समेत हात पार्न सफल भएको थियो । सुरजकुमार थापाको स्वर रहेको गीतमा संगीत संयोजन र एरेन्ज पनि थापाकै रहेको छ । थापाको युट्युब च्यालनमा सार्वजनिक भएको गीतको भिडियोमा एक प्रेमिल जोडीको समधुर प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । सुरजकुमार थापा र निहारिका थापाको अभिनय रहेको भिडियोलाई सविन गोदारले खिचेका हुन् । भिडियोको सम्पादन, रङ संयोजन र निर्देश राजकुमारले गरेका हुन् ।...
‘लभ पर्‍या छ’मा नायक तेज गिरी(भिडियो)
मनोरन्जन, समाचार

‘लभ पर्‍या छ’मा नायक तेज गिरी(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका छन् । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेता तेज गिरी र मोडल दिपा शाही फिचर्ड रहेका छन् । अभिनेता गिरीले यसअघि करिब आधा दर्जन सिनेमामा काम गरिसकेका छन् । सार्वजनिक भिडियोले युगल जोडीको प्रेम दर्शाउँछ । प्रेममा रहेको जोडीले आफूहरूको सम्बन्ध घर र समाजसँग लुकाउन गरेको आपसी समझदारी गीतमा सुन्न सकिन्छ । आफ्नो जीवन एकअर्कालाई सुम्पिने निर्णय गरिसकेका युवायुवती परिवारसँग भने डराएर सम्बन्ध गोप्य राख्ने गरेको नेपाली समाजको यथार्थलाई गीतले उठान गरेको छ । एकअर्कासँग नजिक भइसके पनि शारीरिक रुपमा नजिकिन हुन भने डराइरहेका युवायुवतीको कथा गीतमा सुन्न सकिन्छ...
गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियोसहित)
मनोरन्जन, समाचार

गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियोसहित)

काठमाडौं । सारिका घिमिरेको शब्द, संगीत र स्वरमा रहेको गीत ‘झुम्के फुली’ सार्वजनिक भएको । मनोज परियारको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक डान्सिङ्ग नम्बरमा सारिका र अलिशा शर्मा फिचर्ड हुनुहुन्छ । केशवराज भट्टले निर्देशन गरेको भिडियोमा प्रकाश खड्काको छायांकन, मिलन बिस्वकर्माको सम्पादन छ । ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भिडियो र अडियोले दर्शकको मन छुनेमा निर्माण टिम विश्वस्त छ । नायिका तथा गायिका सारिकाका यसअघि सार्वजनिक केही गीत करोडौ क्लवमा छन् ।...
‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’का लागि आवेदन खुल्यो
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’का लागि आवेदन खुल्यो

काठमाडौं । ९ बर्षदेखि लगातार आयोजना हुँदै आएको अबिबाहित र बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’ यस वर्ष पनि हुने भएको छ। दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा हुने मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२४ को छनौट प्रक्रियाका लागि आगामी फागुन १९ गते नयाँ वानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको उमंग हलमा अडिसन हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले यसबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। पाण्डेका अनुसार अडिसनमा सहभागीहरुबाट नेपालका ख्यातीप्राप्त व्यक्तित्वहरुमो निर्णायक मण्डलले प्रतियोगिको छनौट गर्नेछ। प्रतियोगिताका बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्र, म्युजिक भिडियो र विज्ञापनमा काम गर्ने अवसर प्राप्त गर्ने उनले बताए। आयोजक तथा बरिष्ठ मे...