Saturday, November 21

समाचार

विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मान
समाचार, समाज

विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मान

काठमाडौं । विश्वकै सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरेर विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट एक कार्यक्रमका वीच राष्ट्रपति भवनमा सम्मानित गरिएको छ । राष्ट्रपति पौडेलले विश्वकिर्तिमान कायम गर्ने लुईटेललाई बधाई सहित माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । मनाङ्गको तिलिचो तालमा छायांकन तथा निर्माण गरिएको उक्त भिडियोको गीतलाई अर्का किर्तिमानी डा.डिआर उपाध्यायले लेखेका हुन भने किर्तिमानी संगीत सन्तोष श्रेष्ठ र किर्तिमानी सागर अधिकारी शरदले दिएका हुन । भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय रहेको छ । भिडियोलाई माईकल चन्दले निर्देशन गरेका हुन । उक्त समारोहलाई सम्बोधन गर्दै विश्वकिर्तिमान कामय गरि देशको नाम फरक ढंगबाट चिनारी गराईएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले बधाई तथा शुभकामना दिनुभएको थियो । राष्ट्रपति कार्यालय शीतल न...
चार रुपैयाँमा केश काटेर वार्षिकोत्सव मनायो बिस्टारले
अर्थ/व्यापार, समाचार

चार रुपैयाँमा केश काटेर वार्षिकोत्सव मनायो बिस्टारले

चार रुपैयाँमा केश काटेर बिस्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ । बिहीबार एक कार्यक्रमबीच सलूनले चौथो वार्षिकोत्सव मनाएको हो । सलूनका सञ्चालक एवं मेकअप आर्टिस्ट बिक्रम गौतमको सभापतित्वमा सलूनको बुढानिलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारीको प्रमुख आतिथ्यतामा, बुनपा वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराईको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मेयर अधिकारीले युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा सञ्चालक गौतमलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता सो अवसरमा व्यक्त गर्नुभयो । त्यसैगरी बुनपा वडा नं १० का वडाध्यक्ष भट्टराईले शुभकामना दिँदै सञ्चालक गौतम प्रतिभाका धनी रहेको र धेरैलाई रोजगार प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो । सो अवसरमा कलाकार हरि निरौ...
अमर बान्तुको नयाँ गीत ‘जिन्दगीको दौडमा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अमर बान्तुको नयाँ गीत ‘जिन्दगीको दौडमा’ सार्वजनिक(भिडियो)

गीतकार अमर बान्तुको नयाँ गीत ‘जिन्दगीको दौडमा’ सार्वजनिक भएको छ । बरिष्ठ सङ्गीतकार राजु सिंहको सङ्गीत, एड्रीन प्रधानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नवीन श्रेष्ठको निर्देशन रहको गीतको भिडियोमा लबिन अन्सारी र प्रतिमा राजघतानीलाई फिचरिङ गरिएको छ । निरनजुल कायस्थको छायांकन रहेको भिडियोमा हिम्मत चैसिरको सम्पादन र टेकेन्द्र शाहको कलर छ । गीतको भिडियो बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो । भोजपुरमा जन्मिएर काठमाडौंलाई कमर्थलो बनाइ थुप्रै सिर्जना पाठक तथा दर्शकमाझ पस्किनुभएका सर्जक बान्तुका धेरै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । कवि एवम् गीतकार अमर बान्तुले ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) सङ्ग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’एल्बम पाठक/श्रोता र दर्शकमाझ ल्याउनुभएको छ । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहि...
‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेस्रो संस्करणको घोषणा
मनोरन्जन, समाचार

‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेस्रो संस्करणको घोषणा

निकिला मिडिया नेटवर्कले ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेस्रो संस्करणको औपचारिक घोषणा गरेको छ । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, नेपाल एयरलाईन्सका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर होटलमा पत्रकार सम्मेलन गरि उक्त समारोह घोषणा गरिएको हो । केही वर्ष यता सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय अन्तराष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गरेर एक सफल ईभेन्ट आयोजकको रूपमा ख्याती कमाउदै आएको निकिला मिडिया नेटवर्कले लामो समयदेखि आ आफ्नो क्षेत्रमा तल्लिन भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उनिहरुले पुर् ...
निर्भाणा एकेडेमीमा  स्टेम प्रदर्शनी हुदै
शिक्षा, समाचार

निर्भाणा एकेडेमीमा  स्टेम प्रदर्शनी हुदै

सीतापाइला, काठमाडौँ स्थित निर्भाणा एकेडेमी स्टिम तथा विज्ञान विभागको आयोजनामा यही फागुन २६ गते शनिबार  विज्ञान, प्रबिधि,  इन्जिनियरिङ्, कला र गणित (STEAM/ स्टेम ) प्रदर्शनी हुने भएको हो ।  निर्भाणा एकेडेमीका  करिब २०५ बिध्यार्थीहरुले तयार गरेका स्टेमसंग सम्बन्धित ५० भन्दा बढी  विभिन्न परियोजना कार्य , मोडेल, चित्रकला,  सृजनात्मक कार्य , बिज्ञान र प्रबिधिका नबिन प्रयोगात्मक कार्यहरुको प्रदशानी हुने बिध्यालयका बिज्ञान बिभागका प्रमुख एबं एकेडेमीक इन्चार्ज लक्ष्मण गौतमले बताउनु भयो। यस प्रर्शनीमा विद्यालयमा अध्ययनरत छात्र छत्राहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जानकारी गराएको छ ।  काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनका उपप्राध्यापक एवम् स्टेम विभागका प्रमुख श्री विनोदप्रसाद पन्तबाट उद्घाटन हुने उक्त प्रदर्शनीमा   आयोजक विद्यालयका विद्यार्थी, अभिभावक, उपत्यकाका विभिन्न विद्यालयका प्रधाना...
कुवेरको ‘किन माया गर्यौं’ मा संजित र मेग अभिनय (भिडियो)
मनोरन्जन, समाचार

कुवेरको ‘किन माया गर्यौं’ मा संजित र मेग अभिनय (भिडियो)

काठमाडौं । फोटोग्राफरमा ख्याती कमाएका कुवेर तामाङ म्यूजिक भिडियो निर्देशक हुदै गायक समेत भएका छन । करिव डेढ दशकभन्दा लामो समयदेखि ग्ल्यामर फोटोग्राफरको रुपमा चर्चा कमाएका तामाङले आफ्नो स्वर तथा शव्दमा तयार भएको गीत ‘किन माया गर्यौं’ भिडियो सहित सार्वजनिक गरेका छन । ‘सिजल एण्ड सिस्टर न्यूज एण्ड ईन्टरटेनमेन्ट’ युट्युब च्यानलबाट सार्वजिनक गरिएको उक्त गीतलाई पुस्कर सुनुवारले संगीत दिएका छन भने विप्लव अधिकारीले रेकर्डिङ तथा मिक्सिङ गरेका हुन । सपना श्रेष्ठ तथा सपना कटवालले निर्माण गरेका गीतको भिडियोमा मोडल संजित भण्डारी,समाजसेवी मेग सुवेदी तथा रिचा थापा र प्रनिमा दाहालले अभिनय गरेका छन । बुद्ध थापा टिमको छायांकन रहेको भिडियोलाई सम्पादन विवेक सुनार र कलर श्याम कुवरले गरेका हुन । स्किृप्ट राईटर उत्सव पौडेल, र सहायक निर्देशन मोहन सुनार (नविन)को रहेको भिडियोलाई निर्देशन स्वयं कुवेर तामाङ...
निता आचार्यको स्वरमा ‘चुप चाप’ (भिडियो)
मनोरन्जन, समाचार

निता आचार्यको स्वरमा ‘चुप चाप’ (भिडियो)

गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोता/दर्शकमाझ पस्किएका छौं, आशा छ सबैले मन पराइदिनुहुनेछ’, गायिका आचार्यले भन्नुभयो । आचार्यका ‘जिन्दगी, सँगै जिउने हो भए साथमा नभए यादमा, झिमझिम परेली, गरिदेउ बिदा, मनको धोको’ जस्ता गीत श्रोता/दर्शक...
चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न
मनोरन्जन, समाचार

चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न

काठमाण्डौ – चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक  रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा गरिदै आएको रिवार्ड कार्यक्रममा सभापतित्व क्रियशनकी अध्यक्ष सामना साहले गरेकि थिईन् भने कार्यक्रमको प्रमुख अतिथि चलचित्र विकाश बोर्डका अध्यक्ष तथा सदावहार नायक भुवन के.सी थिए । रिवार्ड कार्यक्रम २३ विधामा रिवार्ड प्रदान गरिएको छ । कार्यक्रममा लोकदोहोरी विधा तर्फ सर्वोत्कृष्ट लोकगीत शम्भु कुंवरको माईली, शब्दमा सन्तोष केसीको घर कहाँ हो बैनीको, सर्वोत्कृष्ट लय प्रितम पोख्रेलको मुसी, सर्वोत्कृष्ट गायक डाँडैको टुनीबाट अर्जुन सापकोटा, सर्वोत्कृष्ट गायिका  प...
नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने मानवरचना विश्वविद्यालयको घोषणा
शिक्षा, समाचार

नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने मानवरचना विश्वविद्यालयको घोषणा

काठमाडौं – भारतको नयाँदिल्ली स्थित मानवरचना इन्टरनेशनल इन्सटिच्युट अफ रिसर्च एन्ड स्टडिजले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने घोषणा गरेको छ। शुक्रबार काठमाडौँमा मानवरचनाले इन्फोसेसन कार्यक्रमको आयोजना गर्दै नेपाली विद्यार्थीलाई ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउँने र सहुलियत शुल्कमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने घोषणा गरेको हो। कार्यक्रममा बोल्दै मानवरचनाकी मार्केटिङ डेपुटी जनरल म्यानेजर अञ्जली बालाचन्दरनले मानवरचना गुणस्तरीय शिक्षामा प्रतिवद्ध रहेको र यसले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गर्ने बताइन्। उनले भनिन्, ‘मानवरचना गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अध्ययन पश्चात रोजगारीको अवसर सृजना गर्न पनि तत्पर छ। विद्यार्थीले यहाँ अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन्। विद्यार्थीलाई उद्यमशिल हुने ढंगबाट वि...
शाश्वत सत्य
समाचार, समाज

शाश्वत सत्य

- युवराज अधिकारी तिम्रो आगमनले ल्याएको खुशी र मुस्कान यति छिट्टै दैवले चुँडालिदिन्छ सोचेकै थिइन, मेरो खुशी, पिडा र आँशु पनि बुझ्ने तिमीलाई म कसरी पशु भनुँ चाहे दुनियाले तिमीलाई पशु भनोस्, निस्वार्थ मायाको प्रतिमूर्ति तिमी मेरो दुःखको साथी, तिम्रो छुनुमुनु र बाल्यपन यौवनको उन्मादमा पनि शान्त, कोमल र हृदयस्पर्शी, तिमीले म टाढा दूरदेशमा रहेको बेला कसरी चटक्कैै छोडेर गयौ शायद, अन्तिम छट्पटाहटमा मलाई खोज्यौ होला, आँशु बहाएर रोयौ होला मेरो प्रिय फुच्चे । तिम्रो अगाध स्नेह यतिखेर जलाइरहेछ तिमी थियौ र त उज्यालो गरायौ मेरो सानो संसार तिमी थियौ र त मुस्कान थियो मेरो थकित मुहारमा अब सिर्फ तिम्रो सम्झना, तिम्रो मायाको झझल्को तिम्रो लुटुपुटुको याद शायद, अब सशरीर तिमीलाई न म माया गर्न सक्छु, न तिमीले नै मलाई स्नेही आँखा र पाइलाहरुले मल्हम लाउन सक्छौ, म घरबाट...