Saturday, November 21

समाचार

‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’आयोजना हुँदै
मनोरन्जन, समाचार

‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’आयोजना हुँदै

काठमाडौं। लामो समयदेखि सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक क्षेत्रमा अग्रणी संस्थाका रूपमा काम गर्दै आएको सिजन मिडियाले विगतका वर्षहरूझैं यस वर्ष पनि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व र संस्थाहरूको कामको मूल्याङ्कन र उनीहरूको कामलाई अझै हौसला प्रदान गर्ने उद्धेश्यले २०८० साल माघ अन्तिम साता काठमाडौँमा ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ नामक राष्ट्रिय अवार्ड तथा समाजसेवीहरूको कामको सम्मानस्वरूप चौंथोे संस्करणको कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरूमा रहेर नेपाल र नेपालीको दुःख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघसंस्था तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरिनेछ । विभिन्न मानवीय, महामारी, वाढी पहिरो भूकम्प तथा प्राकृतिक प्रकोपको विषम अवस्थामा दिनरात नभनी विभिन्न क्षेत्रमा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्था साथै नि...
विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिपमा नेपाललाई १६ स्वर्ण,१४ रजत र ४ कास्य पदक
खेलकुद, समाचार

विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिपमा नेपाललाई १६ स्वर्ण,१४ रजत र ४ कास्य पदक

भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप २०२३ मा नेपालको तर्फबाट सहभागी खेलाडीहरु मध्येबाट १६ स्वर्ण,१४ रजत र ४ कास्य पदक जित्न सफल भएका छन् । सहभागी खेलाडीहरु स्वदेश फर्किसकेका छन् । लालबहादुर शास्त्री स्टेडीयममा संचालित खेलमा युरोप,अमेरिका र एशियाका १६ मुलुकको ३०० भन्दा धेरै खेलाडीको सहभागीता रहेको थियो । १६ मुलुक मध्ये धेरै पदक जित्नेमा नेपाल दास्रो स्थानमा रहन सफल भएको जानकारी यस खेलमा रजत पदक विजेता अफिसियल तथा खेलाडी राजेश सुवालले जानकारी दिएका छन् । यस प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्ने देश भारत हुन सफल भएको थियो । यस खेलमा १३ बर्ष देखि ८० बर्षसम्मका वजन समुहका खेलाडीहरुको सहभागीता रहेको थियो । सन् २०२५ मा विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप नेपालमा आयोजना गर्ने योजना रहेको कुरा नेपाल स्ट्र...
प्रमुख सहरमा ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न व्यवसायीको माग
मनोरन्जन, समाचार

प्रमुख सहरमा ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न व्यवसायीको माग

काठमाडौँ– ट्रान्सपार्ट व्यवसायीहरूले देशभरका प्रम्ुख सहरहरूमा ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। काठमाडौँ सामान ढुवानी व्यवसायी संघको नवौँ वार्षिक साधारण सभाको अवसरमा राजनधानीमा आयोजित कार्यक्रममा बोल्दै व्यवसायीहरूले सरकारले यस व्यवसायलाई व्यवस्थित गर्न सरकारले जग्गा उपलब्ध गराएर ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न माग गरेका हुन्। कार्यक्रममा बोल्दै प्रमुख अथिति एवं सामान ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष विश्वनाथ खनालले विभिन्न कालखण्डमा यस व्यवसायले चु्नौतिको सामना गर्दै अघि बढ्नुपरेको र राज्यले यस व्यवसायलाई व्यवस्थित गर्ने सवालमा ध्यान नदिएको बताएका छन्। उनले भने,‘यस व्यवसायलाई व्यवस्थित गर्ने सवालमा राज्य जिम्मेवार हुनुपर्छ। यस क्षेत्रमा व्यवसायीहरूबीच एकताको आवश्यकता छ। नेपाल सरकारले ढुवानीमा मूल्य अभिवृद्धि करको व्यवस्था गरेको थियो। व्यवसायीकै जोडबलपछि यस...
अभिशेक कृष्ण कर्माचार्य भए लिटिल मास्टर नेपालको बिजेता
मनोरन्जन, समाचार

अभिशेक कृष्ण कर्माचार्य भए लिटिल मास्टर नेपालको बिजेता

लिटिल मास्टर नेपाल २०२३को दोस्रो संस्करणको उपाधि स्वर्निम स्कुलमा अध्ययनरत अभिशेक कृष्ण कर्माचार्यले जितेका छन् । उनले उपाधिसँगै १०  हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् । काठमाडौंको नाचघरमा शनिबार सम्पन्न सो प्रतियोगितामा न्यु जेनिथ ईंग्लिश मोडेल  स्कुलमा अध्ययनरत नबिन देवकोटाले फस्ट रनरअपको उपाधि सहित ८ हजार रुपैयाँ प्राप्त गरे  । सोही प्रतियोगितामा रेलाईन्स रेसेदेन्सिअल स्कुलका गौरव प्रजापती सेकेन्ड रनरअप हुँदै ५ हजार रुपैयाँ जित्न सफल भए । कलश इभेन्टसद्वारा आयोजित सो प्रतियोगितामा अन्तिम १५  जना प्रतियोगीहरु थिए । आई आई एफ टी स्कूल अफ फेसन एंड इन्टेरियर डिजाइनमा अध्यनरत फेसन डिजाइनका विद्यार्थीहरुले तयार परेका नेपालको झण्डाका विषयवस्तुमा तयार परिएकापोसाकमा सजिएर उनीहरु प्रतिस्पर्धामा उत्रिएका थिए । समजसेवी तथा पुस्तकालए विशेषज्ञ इन्दिरा दलीको प्रमुखआतिथ्यमा सम्पन्न सो प्रतियोगि...
सुनिल गिरीलाई उत्कृष्ट नृत्य निर्देशकको अवार्ड
मनोरन्जन, समाचार

सुनिल गिरीलाई उत्कृष्ट नृत्य निर्देशकको अवार्ड

नृत्य निर्देशक सुनिल गिरीले उत्कृष्ट नृत्य निर्देशकको अवार्ड चुम्नु भएको छ । उहाँले काठमाडौंमा सम्पन्न भएको ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ समारोहमा उक्त अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । दर्जनौं भिडियो निर्देशन र ‘घातक मान्छे’, ‘बनबास’, ‘अन्त्य, ‘ज्यानमारा’, ‘प्रतिघात’ जस्ता आधा दर्जनजति चलचित्रमा गिरीले नृत्य निर्देशन गर्नुभएको छ । नेपालकै पहिलो नृत्य निर्देशक एवं नृत्य सम्राट भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा र एनडिएका अध्यक्ष देवराज गुरुङको अध्यक्षतामा काठमाडौं राष्ट्रिय नाँचघर जमलमा अवार्ड कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न २४ नृत्य विधामा अवार्ड प्रदान गरिएको थियो । अवार्ड कार्यक्रमको मनोनितका लागि निर्णयक समूहमा नृत्य निर्देशकहरू शम्भु शाही, गोबिन्द प्रभात र कृष्ण रसाल रहनुभएको थियो भने अन्तिम फाईनलका लागि निर्णयकहरूमा वरिष्ठ नृत्य न...
‘धरहरामा बस्यो माया जाल’मा राज र सोफी (भिडियो)
मनोरन्जन, समाचार

‘धरहरामा बस्यो माया जाल’मा राज र सोफी (भिडियो)

काठमाडौं । शान्तिश्री परियार र कृष्ण काफ्लेको स्वरमा रहेको गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक भएको छ । सपना वानियाको शब्द, सुन्दर लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आदित्य बुढाथोकीको निर्देशन र केशवराज भट्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा राज टाइगर र सोफी धरेललाई फिचरिङ गरिएको छ । राज र सोफीको जोडि भिडियोमा आकर्षक देखिएको छ । मानकृष्ण महर्जनको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको कलर रहेको छ ।...
अग्रहरी नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा निर्वाचित
समाचार, समाज

अग्रहरी नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा निर्वाचित

काठमाडौं । युवा उद्यमी युवाहरुको राष्ट्रिय संगठन नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा विजय हुनु भएको छ । रामग्राम जेसीजका पूर्व अध्यक्ष एवं युवा उद्यमी सन्दीप अग्रहरी नेपाल जेसीजको बर्ष २०२४ कालागि कार्यकारीणी उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनबाट अग्रहरी निर्वाचित हुनु भएको रामग्राम जेसीजका पूर्व अध्यक्ष चन्द्रमणी चौधरीले जानकारी दिनु भयो । बुटवलमा सम्पन्न महाधिवेशनबाट बर्ष २०२४ कालागि नुवाकोट जेसीजका रविन पोख्रेलले ५१० मत सहित नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनु भएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत प्राप्त गर्नु भएको हो । नेपाल जेसीजको विधान अनुसार एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष, १२ जना उपाध्यक्षको निर्वाचन गर्ने व्यवस्था रहेकोछ । महाधिवेशनले कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार ६८१ म...
रमेश कडरियाको”ठिकै छ नबोल”सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

रमेश कडरियाको”ठिकै छ नबोल”सार्वजनिक(भिडियो)

काठमाडौं  । गायक तथा संगीतकार रमेश कडरियाको ‘ठिकै छ नबोल’ बोलको गीत सार्वजनिक भएको छ । जस्मा शब्द बरुण कुमार कडरिया संगीत स्वर रमेश कडरियाको रहेको छ । गीतको संगीत सम्योजन रमेश कडरियाले नै गरेका हुन । भिडियोमा रमेश कडरिया र अन्जु चौलागाईंको अभिनय रहेको छ भने योगेश दाहालको छायान्कन र भिडियो सम्पादन छ भने निर्देशन गायक स्वयमले गरेका छन । भिडियोलाई मूनलाईटस रिसोर्ट, कागेस्वरी सुन्दरीजल र काठमान्डौको बिभिन्न स्थानमा छायान्कन गरिएको हो । गीतलाई कडरिया इन्टरटेनमेन्ट प्रा.लि कै यूट्युब च्यानलमै सार्वजनिक गरिएको छ ।...
श्रीदेव भट्टराई अभिनित “बहकिदै छु म”सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

श्रीदेव भट्टराई अभिनित “बहकिदै छु म”सार्वजनिक(भिडियो)

काठमाडौं । पछिल्लो समय फिल्ममा भन्दा म्युजिक भिडियोमा बढि देखा परेका नायक श्रीदेव भट्टराईका म्युजिक भिडियो एक पछि अर्को गर्दै आउदै छ्न हरेक भुमिका मा राम्रो अभिनय गर्न सक्ने कलाकार भएर नि होला आज भोलि प्राय सबै खाले गीतमा देखा परिरहेका छन नायक श्रीदेव। यसै क्रममा हालै बजारमा आएको छ “बहकिदै छु म” बोलको गीत भिडियो सार्वजनिक भएको छ । समिर राइ को शब्द रहेको गीतमा रोसन राज गुरुङ ले संगीत एवं एरेन्ज दिएका छन तेसै गरि महेश भण्डारी को स्वर रहेको गीतको भिडियो बिजय भुर्तेलले निर्देशन गरेका हुन । मेला रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा श्रीदेव भट्टराई र समिक्षा पोखरेलको फिचर्ड रहेको छ। भिडियो भने जयन्द्र कुवरले खिचेका हुन । भिडियो सम्पादन बिजय भुर्तेलले गरेका छन।...
रुसले नेपालको व्यापारमा सहयोग गर्ने
अर्थ/व्यापार, समाचार

रुसले नेपालको व्यापारमा सहयोग गर्ने

काठमाडौँ- नेपालको व्यापार प्रवर्द्धनका लागि गणराज्य रुसले सहयोग गर्ने भएको छ। नेपाल-रुस चेम्बर अफ कमर्स र रुसका व्यापार आयुक्तबीचको छलफलमा नेपालको व्यापार प्रवर्धनका लागि रुसले सहयोग गर्ने भएको हो। नेपाल-रुस चेम्बर अफ कमर्सका अध्यक्ष अशोक शेरचनसहितको टोलीले बिहीबार दिउँसो रुसका व्यापार आयुक्त एलेक्जेन्डर एल राइभससँग भेटघाट गरेको थियो। छलफलमा नेपालस्थित रुसी दूतावासका काउन्सिलर एन्ड्रेइ किसेलेन्नको र रुस निर्यात केन्द्रका प्रमुख टिमुर भेकिलोभ पनि उपस्थित थिए। छलफलमा अध्यक्ष शेरचनले नेपालमा पर्यटन, कृषि, उर्जा र व्यापारमा ठूलो संभावना रहेको भन्दै लगानीका लगि आग्रह गरेका थिए। उनले नेपालमा उर्जा, पर्यटन, व्यापार क्षेत्रमा लगानी अभिवृद्धि आवश्यक रहेको भन्दै यसबाट चाँडो प्रतिफल पनि आउने बताए। नेपाल र रुसबीच पुरानो सम्बन्ध रहेको व्यापारमा सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल-रुस चेम्बर अफ क...