प्लस साईज मोडल नेपाल हुँदै, अडिसन पुस ९ गते
काठमाडौँ — धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ । यस्तै एउटा अवसर हो, ‘प्लस साइज मोडल नेपाल ।’ सौन्दर्य प्रतियोगितामा आफ्नो अलग्गै छवी बनाएको मोडल सङ्ग्स नेपालले मोटी युवतीहरुलाई लक्षित गरेर आयोजना गर्दै आएको नेपालको मोडलिङ सम्बन्धी प्रतिष्ठित प्रतियोगिता ‘प्लस साईज मोडल नेपाल’ को चौथो संस्करण सुरु गर्ने भएको छ । वूमनियाको प्रस्तुतीमा आयोजक मोडल सङ्ग्स नेपालले ‘प्लस साईज मोडल नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा १६ देखि ४० बर्ष सम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती/महिलाहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा सहभागतिाका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ ।
मोडल सङ्ग्स नेपालको आयोजनामा संचालित प्रतियोगिता देशभर छरिएर रहेक...









