रमेशको जनचेतनामुलक गीत‘छाउपडि’ सार्वजनिक
काठमाण्डौ, फाल्गुन २८
ग्यालेक्सी दैनिक
गीतकार रमेश दाहालको शव्दमा रेकर्ड गरिएको 'छाउपडि' बोलको गीत रिलिज भएको छ ।
संगीत तथा स्वर गायिका सोफिया थापाको रहेको गीतको भिडियो गायिकाले आफ्नै युट्युवच्यानल मार्फत सार्वजनिक गरेकी छन् ।
गायिका सोफिया थापाको सङ्गित र स्वरमा रेकर्ड भएको ‘छाउपडि’ बोलको गीत भने कर्णाली महोत्सवमा फागुन २७गते सार्वजनिक भएको थियो । संगीत संयोजन विशालपौडेलको रहेकोछ ।
कानुनले उन्मुलन गरेको छाउपडी प्रथाखास गरी नेपालको सुदुर पश्चिममाअझै ब्यापक छ जसले महिलामाथिको दमन,शोषण र विभेदलाई अझै जिवित राखेको छ ।
युवतीहरु निश्चित उमेर पुगेपछि हुने रजस्वलाप्राकृतिकप्रकृया हो तर यसलाई धर्म र पापसङ्ग जोडेर मनोबैज्ञानिक त्रास फैलाइएको छ भने सुत्केरी हुदा झन खानपान र सरसफाईमा ख्याल गर्नुपर्ने समयमा महिलालाई पोसिलो खाना बन्देज गरिएको हुन्छ ।
रजस्वला हुदा वा सुत्केरी हुदा घरभि...









