सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डे सम्मानित - ग्यालेक्सी दैनिक
आइतवार, जेष्ठ १४, २०८०

सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डे सम्मानित


काठमाडौं । मण्डला ईन्टरटेनमेन्टको आयोजनामा हालै सम्पन्न भएको सुपर मोडल ईन्टरनेशनल नेपालको ग्राण्ड फिनालेको भव्य समारोहमा राज मेक अप स्टुडियोका प्रमुख टेकराज पाण्डेलाई सम्मानित गरिएको छ ।

राज मेकअप स्टुडियोका प्रमुख तथा चर्चित मेकअप आर्टिष्ट पाण्डेलाई नेपाली सौन्दर्य प्रतियोगीताहरुको विकास र प्रवद्र्धन तथा नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिए वापत उक्त सम्मान प्रदान गरिएको हो ।

प्रतिनिधि सभाका सांसद तथा पूर्व मन्त्री एवं कार्यक्रमका विशेष अतिथी भगवती चौधरीले पाण्डेलाई सम्मान प्रदान गरेकी थिईन ।
सोही समारोहमा अर्थविद् तथा साहित्यकार माधव निर्दोशलाई समेत सम्मान गरिएको थियो ।
आयोजक संस्थाकी कार्यकारी प्रमुख सजिना तामागंको अध्यक्षता रहेको थियो भने पूर्व संस्कृति तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
करिव एक दशक भन्दा लामो समयदेखि मेक अप आर्टिष्टको रुपमा सक्रिय पाण्डे स्वयं पनि ईभेन्ट डाईरेक्टर हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *