नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष भेट गरी भ्रष्टाचार, दण्डहिनता तथा अनियमितता जस्ता समस्याहरु अन्त्य गर्न माग गरेको छ ।
संघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले सिंहदरबारस्थित मन्त्री श्रेष्ठको कार्यकक्षमा भ्रष्टाचार न्यूनीकरणका लागि मन्त्रालयले थप कडाई गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।
संघको परिचय पत्रवाहक कलाकारहरुलाई सिंहदरबार लगायतका प्रशासनिक केन्द्रहरु प्रवेशमा सहजता माग गरिएको ध्यानाकर्षण पत्रमा धापासीस्थित नेपाल चलचित्र कलाकार संघको नाममा रहेको जग्गा उपभोगको लागि अनुरोध गरिएको छ ।
विशिष्ट चलचित्रकर्मीहरु लगायत प्रबुद्ध नागरिक तथा जनसाधारणले जम्मा गरेको अरबौं रकम सिभिल सहकारीमा रकम अपचलन गरेकामा उक्त रकम सम्बन्धित पीडितलाई फिर्ता गराउनसमेत अनुरोध गरिएको छ ।
उक्त अवसरमा उपप्रधानमन्त्री श्रेष्ठद्वारा मुलुकको सुशासन र विकासको लागि वाधक तत्वका रुपमा रहेको भ्रष्टाचार न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको बताउँदै कलाकारलाई सुविधा तथा सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको प्रतिनीधि मण्डलमा सहभागी संघका अध्यक्ष निरौलाले जानकारी दिएका छन् ।
प्रतिनीधि मण्डलमा संघका संरक्षक बसुन्धरा भुसाल, सल्लाकार दिनेश डि.सी, विशिष्ट कलाकार भुवन चन्द ,विशिष्ट कलाकार चैत्यदेवी सिंह वरिष्ठ कलाकार सरिता लामिछाने ,वरिष्ठ कलाकार एंवम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्य चेतन सापकोटा, अध्यक्ष मोहन निरौला ,निर्वतमान अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष ,कविता गेलाल, उपाध्यक्ष शिवहरी नेपाल (बैरागी ) ,महासचिव सविन श्रेष्ठ ,सचिव रामेश्वर बुर्लाकोटी ,कोषाध्यक्ष सुनिल कटुवाल, सह कोषाध्यक्ष पवित्रा आचार्य, केन्द्रिय सदस्य गोपाल ढकाल (छन्दे ) ,केन्द्रिय सदस्य उद्धव भट्टराई, केन्द्रिय सदस्य पवन के.सी ,केन्द्रिय सदस्य पुकार भट्टराई, केन्द्रिय सदस्य सरिता राजोपाध्याय,केन्द्रिय सदस्य नम्रता खरेल, केन्द्रिय सदस्य राजकुमार शाह सहभागि थिए ।
संघले ध्यानाकर्षण गराएका विषयहरु
- भ्रष्टाचार दण्डहिनता अनियमिता लगाएका विषयमा सरकारले गरेका कारबाही एवं पहललाई स्वागत गर्दै एक्केबद्धता जनाएको ।
- नेपाल चलचित्र कलाकार संघको परिचयपत्रवाहक कलाकारहरुलाई सिंहदरबार लगाएका प्रशासनिक केन्द्रहरु प्रवेशमा सहजता माग गरेको ।
- धापासीस्थित नेपाल चलचित्र कलाकार संघको नाममा रहेको जग्गा उपभोगको लागि अनुरोध ।
- विशिष्ट चलचित्रकर्मीहरु लगायत प्रबुद्ध नागरिक र जनसाधारणले जम्मा गरेको अरबौं रकम सिभिल सहकारीले रकम अपचलन गरेकोमा उक्त रकम सम्बन्धित पिडितलाई फिर्ता गराउन अनुरोध ।