काठमाडौं । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले शुभम् एभिएसनले फ्लाइङ स्कुलको लागि पहिलो पटक अनुमति पाएको छ । गीता एभिएसनको सहकार्यमा संचालित शुभम् एभिएसनलाई मन्त्रिपरिषदको निणर्य अनुसार फ्लाइङ स्कुल संचालनका लागि अनुमति प्रदान गरिएको हो । अव स्वदेशमै फ्लाइङ स्कुल संचालन पछि प्रशिक्षणका लागि विदेशिने करोडौं रकम रोकिने छ । लामो समयदेखि रोकिएको पाईलट प्रशिक्षण सम्बन्धि तालिमका लागि फ्लाइङ स्कुल स्थापना भए संगै नेपालमा व्यावसायिक उडान हुन नसकेका विमानस्थलमा फ्लाइङ स्कुल चलाउन सकिने छ ।
गीता एभिएसनका प्रमुख क्याप्टेन जनक अधिकारीका अनुसार लामो प्रयास पछि वल्ल यो पटकको मन्त्रीपरिषदले नेपालमै पाईलट कोर्षका लागि अनुमति प्रदान गरेको छ । त्यसका लागि एभिएसनले आफ्ना सम्पूर्ण तयारी पुरा गरिसकेको छ । लामो समयदेखि एभिएसन तालिम दिदै आएको गीता एभिएसनको सहकार्यमा शुभम् एभिएसनले ईएएसए(EASA) युरोपीयन स्टैण्डर्डमा अव नेपालमै पाईलट कोर्ष गराउनेछ ।
गीता एभियसनले हाल नेपालमा संचालित विभिन्न वायु सेवा कम्पनीमा एभियसन सम्बन्धी प्राविधिक ज्ञान तथा एभियसन परामर्श दिदै आएको छ । गीता एभियसनले पाईलट तालीम मात्र नभएर तालिम पश्चात व्यबसायिक उडान पछि गरिने सिमुलेटर तालिम समेत नेपालमै गराउनका लागि आवश्यक पहल शुरु गरिसकेको छ । यसका लागि केहि समय अघि संस्थाका प्रमुख क्याप्टेन अधिकारी तथा फ्रान्सका आधिकारीक संस्थासंग सम्झौता भईसकेको छ ।
व्यबसायिक पाईलटले समेत प्रत्येक ६ ६ महिनामा सिमुलेटर तालिम अनिवार्य गर्नुपर्छ । त्यसका लागि युरोपका विभिन्न देशमा पाईलटहरुलाई पठाईने गरिएकोमा अव केहि समय भित्रै नेपालमै यस किसिमको तालिम गीता एभियसनबाट गराईने भएको छ । यस बाट पनि सिमुलेटर तालिमका लागि विदेशिने करोडौ रुपैया राजश्व स्वदेशमै वचत हुने छ ।