जिकेसी नेपालद्वारा आफ्नो दोश्रो स्थापना दिवसको अवसरमा निशूल्क स्वास्थ्य शिविर - ग्यालेक्सी दैनिक
मङ्लबार, चैत्र १४, २०७९

जिकेसी नेपालद्वारा आफ्नो दोश्रो स्थापना दिवसको अवसरमा निशूल्क स्वास्थ्य शिविर


विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवसको अवसरमा जीकेसी नेपालले विविध कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाउदै छ । यसै क्रममा जिकेसी नेपालले टेकुमा अवस्थित सतप्रयास महिला सेवा वृद्धाश्रममा आश्रित वृद्धाहरुको निशूल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निशूल्क औषधि वितरण गरेको थियो ।
उक्त आश्रममा रहेका वृद्धाहरुका लागि आवश्यकता अनुसारको खाद्यवस्तु वितरण, छाला तथा स्वास्थ्य सामग्री वितरण गरी आफ्नो स्थापना दिवस मनाएको हो । सामाजिक कार्यमा लामो समयदेखि सक्रिय समाजसेवी डा.पूनम कर्णको अगुवाईमा भएको सो अभियानमा आश्रित परिवारलाई खाना समेत खुवाईएको थियो भने मानव सेवा पहिलो धर्म हो भन्ने उद्देश्यका साथ स्थापना भएको विश्व कायस्थ कन्फ्रेन्स(जिकेसी)को नेपाल च्याप्टरका अध्यक्ष डा.कर्णका अनुसार मानवताका लागि निशुल्क स्वास्थ्य सेवा भन्ने अभियानका साथ जिकेसी नेपालको दोश्रो स्थापना दिवसको अवसरमा पारेर विभिन्न कार्यक्रमको आयोजना गर्ने सोच अनुसार यो पटक हामीले टेकुमा रहेका आश्रममा सहयोग गरेका हौं ।
ग्लोबल रुपमै विधिवत दर्ता भएको ग्लोवल कायस्थ कन्फ्रेन्स (जिकेसी) हालै मात्र नेपालमा समेत दर्ता भएको हो । भारत लगायत विश्वका विभिन्न देशहरुमा शाखा रहेको जिकेसी नेपालका अन्य सदस्यहरुमा
सविता रुबी दास, अध्यक्ष महिला सेल कौशलेन्द्र दास वरिष्ठ उपाध्यक्ष ,जिकेसी नेपाल दीपक दत्त महासचिव, बोर्ड सदस्यहरू हिरेन्द्र कर्ण, प्रसन्न कृष्ण दास, ज्योति दास, चन्द्रकान्त कर्ण, रमन कर्ण, सचिवमा सुमन कर्ण , रोशन श्रीवास्तव हेमु मल्लिक उपाध्यक्ष, मितेशकुमार कर्ण वरिष्ठ उपाध्यक्ष, हेमु मल्लिक उपाध्यक्ष, महिला सेलमा अजन्ता दास दत्त र ज्योति दास रहनुभएको छ । संस्थापक अध्यक्ष राजीव रञ्जन र प्रबन्ध ट्रस्टी रागिनी रञ्जन हुनुहुन्छ ।

जिकेसी नेपालका अध्यक्ष डा. पुनम कर्णका अनुसार ‘कायस्थ समुदायलाई विश्व स्तरमा एकजुट, प्रेरणा र सशक्तिकरण गर्ने र विश्वभरका विभिन्न कायस्थ समूहका लागि छाता संगठनको रूपमा काम गर्ने एकमात्र उद्देश्यका साथ संस्थाको स्थापना भएको र जिकेसीले नेपाल, भारत र विश्वव्यापी कायस्थ समाजको सामाजिक, सांस्कृतिक, आर्थिक, र शैक्षिक लाभको उत्थानको लागि काम गर्दछ।’ स्थापना दिवसका अवसरमा गरिएको उक्त सामाजिक अभियानमा साथ दिने
पदाधिकारीहरुलाई डा.कर्णले विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो।
सेवा, सहकार्य, सरलता, समन्वय, सकारात्मकता र संवेदनशीलताका सातवटा मूल मूल्यमा आधारित भएर  नेपाल र विश्वभरका सबै कायस्थहरूलाई साझा विश्वव्यापी प्लेटफर्ममा एकताबद्ध हुन र जिकेसीमा सामेल हुन जीकेसी नेपालका अध्यक्ष डा. पुनम कर्णले आह्वान समेत गर्नुभएको छ ।

ग्लोवल कायस्थ कन्फ्रेन्स समाजको पिछडिएको वर्गका लागि विभिन्न सामाजिक र परोपकारी कार्यहरूमा संलग्न छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *