Friday, November 20

‘मिस्टर एण्ड मिस हिमालय लिटिल स्टार तथा मिस हिमालय’सम्पन्न

भक्तपुर । भक्तपुरमा एपी व्यूटि पार्लरको आयोजनामा ‘मिस्टर एण्ड मिस हिमालय लिटिल स्टार तथा मिस हिमालय नेपाल’को दोश्रो संस्करण भव्य रुपमा सम्पन्न भएको छ । प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगीतामा जुनियर मिस्टर तर्फ लिविस किसीले उपाधी हात पार्न सफल भए भने मिस तर्फ अभिषा ढकालले उपाधी जितेकी थिईन ।

यसैगरि सो प्रतियोगीतामा दिपिका क्षेत्री फस्ट रनर अप साशा श्रेष्ठ सेकेण्ड रनर अप र प्रज्ञा श्रेष्ठ थर्ड रनर अप भएका थिए ।
पूर्व मिस नेपाल नम्रता श्रेष्ठ,नायक सलोन बस्नेत,शिक्षाकर्मी मन कुमारी पोखरेल तथा मेकअप आर्टिष्ट टेकराज पाण्डे निणार्यक मण्डलमा रहेर निर्णय गरेका प्रतियोगीतामा मिस हिमालय नेपालको दोश्रो संस्करणकी उपाधी कल्पना बुढाथोकीले जित हात पार्न सफल भएकी थिईन भने फस्ट रनर अपमा बिनिता मानन्धर सेकेण्ड रनर अपमा प्रतिक्षा र थर्ड रनर अपमा सम्पदा खवासले उपाधी जितेका थिए ।
विजेताहरुलाई उपाधी सहित विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिभा र उत्कृष्टताको एक भव्य प्रतियोगीतामा सबै सहभागीहरू, विजेताहरू र कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सबैलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यक्रम आयोजक एवं सौन्दर्यकर्मी अफसना नेवाले सबै साझेदारहरू, प्रायोजकहरू, मिडिया र समर्थकहरूलाई उनीहरूको अमूल्य सहयोगको लागि गहिरो आभार प्रकट गरेकी थिईन ।

कार्यक्रममा गायिका सुमी पराजुली सहितको मनोरन्जनात्मक प्रस्तुती रहेको थियो । प्रतियोगीताको संचालन कोरियोग्राफर आश्विनी झाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *