Friday, November 20

गायक युवराज छन्त्यालको नयाँ गीत ‘म त परे म्याग्दी खोलाको’ सार्वजनिक(भिडियो)

काठमाडौं — लोकप्रिय गायक युवराज छन्त्याल ले नयाँ गीत ‘म त परे म्याग्दी खोलाको’ सार्वजनिक गरेका छन्। मौलिक लोकधुनमा तयार गरिएको यस गीतमा देवी घर्ति, कुसुम थापा, नबिन र सगुनले समेत स्वरमा साथ दिएका छन्।

गीतले म्याग्दी खोलाको सौन्दर्य, गाउँघरको जीवनशैली र प्रेमको भावनालाई चित्रण गरेको छ।

छन्त्यालको दमदार स्वर र सहगायक–गायिकाको सुमधुर प्रस्तुतीले गीतलाई अझ आकर्षक बनाएको छ। भिडियोमा देखाइएका दृश्यहरूले पहाडी संस्कृति र प्राकृतिक सुन्दरतालाई उजागर गर्दै दर्शकलाई गाउँघरको माहोलमा डुबाइदिन्छ।

संगीतसहितको प्रस्तुतीले नेपाली लोक संगीतमा नयाँ स्वाद थपेको छ भने दर्शक–श्रोता बीच छोटो समयमा नै राम्रो प्रतिक्रिया पाउन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *