चर्चामा शम्भुजितको कथामा निर्माण भएको ‘चौका दाउ’, युट्युब ट्रेन्डिङमा समेत एक नम्बर - ग्यालेक्सी दैनिक
आइतवार, जेष्ठ १४, २०८०

चर्चामा शम्भुजितको कथामा निर्माण भएको ‘चौका दाउ’, युट्युब ट्रेन्डिङमा समेत एक नम्बर


यतिबेला नेपाली चलचित्र ‘चौका दाउ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । यो चलचित्र दुई दिनअघि मात्र ‘ओएसआर डिजिटल’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो । छोटो समयमा नै ट्रेन्डिङमा पर्न सफल चलचित्र चौका दाउको कथा लेखन तथा संगीत विशिष्ट संगीतकार शम्भुजित बास्कोटाको रहेको छ ।

पूर्णेन्दु झा निर्देशित यो फिल्ममा सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, रवीन्द्र झा, वर्षा शिवाकोटी, निर्मल शर्मालगायतका कलाकारहरूको अभिनय छ । चलचित्र शौर्यजित बास्कोटाको निर्माण रहको छ ।

चलचित्र नेपालमा मौलाउदै गएको कुरिती भ्रष्टाचार र त्यसका विषयमा हांस्यव्यङ्गको माध्यमबाट उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । चलचित्रमा महिला शोषणको अन्त्य सम्बन्धि जागरण र जनचेतना मूलक कथालाई मार्मिक एवं मनोरन्जनात्मक तवरले देखाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *