माया कहिले दयालु हुन्छ त कहिले पिडालु अर्थात् पीडादायी पनि हुँदो रहेछ। ८० वर्षीय वृद्ध माता सीता देवी ढुंगेलको शब्द रचना साथै संगीतकार संकेत अगस्तीको संगीतमा रहेको यो गीतमा किरण भुजेल, रानु निरौला, श्रेय अगस्ती र साक्षी अगस्तीले स्वर दिएका छन्।
सोनित राज ढुंगेल, अतीत निरौला, प्रिया गोले र निक्की शाहीको मुख्य भूमिका रहेको यो गीतको रेकर्डिङ फील स्टुडियोमा भएको छ र यस गीतको मिक्सिङ मास्टरिङ कुमार केसीले गरेका हुन्। यस म्युजिक भिडियोको सम्पादन निराजन केसी र छायांकन दिनेश पराजुलीको रहेको छ भने निशान एसकेले यो म्युजिक भिडियोको निर्देशन गरेका छन्।
यो गीत प्रणय दिवसको अवसरमा हरेक मायाप्रेममा परेका जोडीलाइ एउटा उपहार स्वरूप पस्किने मोया पिँडालु टीमको भनाइ रहेको छ। यो गीत आज OSR Digital बाट रिलिज भएको छ। यो म्युजिक भिडियोलाइ धेरै श्रोतामाझ पुर्याउने अपेक्षा गरिएको छ।
