महिला चेम्बरद्वारा तीजको अवसरमा ‘ट्रेड सो तीज स्पेसल’को आयोजना - ग्यालेक्सी दैनिक
शुक्रबार, अशोज ५, २०८०

महिला चेम्बरद्वारा तीजको अवसरमा ‘ट्रेड सो तीज स्पेसल’को आयोजना


नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बरद्वारा तीजलाई लक्षित गरी ‘ट्रेड सो तीज स्पेसल २०२३’  को आयोजना गरिएको छ । नेपाली महिला उद्यमीहरूद्वारा उत्पादन गरिएका विविध सामाग्रीहरूको प्रदर्शन तथा बिक्री प्रवर्द्धनमा महिला उद्यमशीलताको विकास गर्ने हेतुले आयोजना गरिएको उक्त मेलाको समुद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरेका थिए ।

उद्घाटन मन्तव्यमा अध्यक्ष मल्लले नेपाल महिला चेम्बर महिलाहरूको सर्वागिंण विकासको लागि स्थापना गरिएको र यस मेलाले महिलाहरूको उद्यमशीलताको विकास तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा महिलाहरूको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरे । महिलाहरू आर्थिक रूपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने भन्दै अध्यक्ष मल्लले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्बरलाई धन्यवाद व्यक्त गरे ।

नेपाल महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरु सहभागिता रहेको उक्त एक दिने मेलामा साङ्गीतिक कार्यक्रम, फेसन सो नृत्य लगायतका कार्यक्रम समावेश गरिएकाे थियो । कार्यक्रममा गायिकाहरु रेखा शाह, सुजाता केसी, पुनम काफ्ले,सावित्रा भुजेल लगायतले आकर्षक प्रस्तुती दिएका थिए ।

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ हुन भने उनी नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *