काठमाडौं, साउन १३
ग्यालेक्सी दैनिक
युवा पुस्तालाई लक्षित गरि तयार पारिएको ‘आलु जस्तो लव’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार बानेश्वर थापागाँउमा एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै लेखक निर्देशन देव प्रसाद धिमालले आफनो मेहेनतलाई दर्शकले स्वीकार्ने विश्वास व्यक्त गरेका थिए ।
‘सिरिजमा सबै कलाकार युवा र नयाँ छन, कथावस्तु पनि अहिलेको युवाहरुको प्रेममा आउने आरोह अवरोहको विषयमा छ त्यो हुदा युवापुस्ताले मन पराउने बिश्वास लिएको छु । यो मेरो लागि चुनौती र अवसर दुवै हो,’ उनले भने ।
उनले सिरिजलाई टेलिभिजनमा प्रसारणका लागि कुराकानी भइरहेको र चाँडै टुंगो लाग्ने बताएका थिए ।
सिरिजको मुख्य भूमिकामा दिवस नाथ, प्रियंका श्रेष्ठ ,प्रियन्सी श्रेष्ठ ,सोनियो रन्जित ,पुनम परियार ,सुमन थोप्रा लिम्बू ,भिमसेन खतिवडा ,राजकुमार शाह,विजय राज भुर्तेल, मनिष प्रितम , राजिव धिमाल कृष्णप्रसाद धिताल ,सविना गहतराज रोजिना गौतम अर्जुन थापा लगायतको अभिनय रहेको छ ।
विजयराज फिल्मसको सहकार्यमा निर्माण गरिएको सिरिजको छायांकन नवराज घिमिरे र प्रवेश राईले गरेका छन् भने विजय राज भुर्तेल सम्पादनक रहेको सिरिजमा मन्जु कुमारी फुयाँल र अनिता सुवेदी धिमालको लगानी रहेको रहेको छ ।
