Friday, November 20

गायकको सुगम पोखरेलको गीतमा राज र श्वेताको अभिनय

काठमाण्डौ, पुष १२
ग्यालेक्सी दैनिक
गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत ‘आफु आफुमा’को भिडियोसहित सार्वजनिक भएको छ ।

सोहन मानन्धरको शब्द तथा संगीत रहेको गीतमा विजेश्वर तुलाधरको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा अन्तराष्ट्रिय कोरियोग्राफर तथा मोडल राज फैजु, दिलु खत्री र स्वेता मिश्रको अभिनय देख्न सकिन्छ । राज लामो समयपछि म्युजिक भिडियो अभिनयमा देखिएका हुन् ।

एक दशक भन्दा लामो समयदेखि फेसन र मोडलिङमा काम गर्दै आएका राज पछिल्लो समय राम्रा ब्राण्डका विज्ञापनमा देखिदै आएका छन् । भिडियोमा मोडलहरु श्रीषा बैदार र रेश्मा श्रेष्ठले डिजाइन गरेको ड्रेसमा प्रस्तुत भएका छन् ।

प्रदीप गन्धर्वको छायाँकन, श्याम कुँवरको छायांकन रहेको भिडियोका निर्देशन सोहन मानन्धरले गरेका हुन् । भिडियो पोखराको आकर्षक लोकेसनमा छायांकन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *