Friday, November 20

घट्यो सुनचाँदीको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य बढेको थियो तर आज तोलामा ३ सय रुपैयाले घटेको छ ।  

आइतबार तोलाको ९४ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर  ९३ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार ३ सय ५० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *