Friday, November 20

टि एन आचार्यको मौलिक तीज गीत ‘हा बरै हा हा’ सार्वजनिक

काठमाडौं, साउन १५
ग्यालेक्सी दैनिक
महिलाहरुको महान चाड तीज नजिकिए संगै यससंग सम्बन्धित गीत र भिडियोहरु आउने क्रम पनि जारी छ ।

यसै क्रममा शान्ती श्री परियारको आवाजमा सजिएको ‘हा बरै हा हा’ बोल रहेको तीज गीत सार्वजनिक भएको छ ।

गीतमा टी एन आचार्यको शब्द, लक्ष्मण पोखरेलको संगीत, अशोक थापाको संगीत संयोजन, मनोज डङ्गोलको रेकर्डिङ मिक्सिङ र मास्टरिङग
रहेको छ ।

बहुप्रतिभाका धनी कोरियाग्राफर तथा निर्देशक सुरेन्द्र बसेलको निर्देशन तथा अभिनय रहेको यस् भिडियोमा अभिनयमा उनलाई अहिले कि व्यस्त मोडेल बिना राउतले साथ दिएकी छिन ।

भिडियोलाई पवन सुस्लिङ एण्ड टिमको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ असिस्टेन्ट कोरियोग्राफी देव दोर्जे लामाको रहेको छ ।

भिडियोलाई दि टिम प्रोडक्सनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *