गए राति यूरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा इटालीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा इटालीले बेल्जियमलाई २-१ गोलले पराजित गरेको हो ।
उक्त खेलमा इटालीका लागि निकोला बेरेल्ला र लोरेन्जो इनसिनिआईले एक एक गोल गरे । यस्तै बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गरे । खेलको ३१ औं मिनेटमा निको बरेल्लाले गोल गरी इटालीलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ४४ औं मिनेटमा इटालीका लोरेन्जो गोल गरी टिमलाई अग्रता दोब्बर पारे । त्यसपछि खेलको अन्तिम समयमा बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गरे । जितसँगै इटाली सेमीफाइनलमा प्रबेश गरेको हो ।
