भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा दैनिक ५० हजार भन्दा कम संक्रमित फेला परिरहेका छन् । अहिले भारतमा नागरिकलाई खोप धमाधम लगाउन थलिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७९७ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख १ हजार ६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४७ हजार २५२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ५ लाख १ हजार १८९ जना पुगेको छ । हालसम्म २ करोड ९५ लाख ९७ हजार ७ सय ३८ कोरोना संक्रमित निको भइसकेका छन् ।
भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।
