काठमाण्डौ १०पुस
ग्यालेक्सी दैनिक
युवा संगीतकार लक्ष्मण पोखरेलको शब्द, संगीत रहेको ‘आँशु दिएर’बोलको गीत सार्वजनिक भएको हो ।
लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको गीतको भिडियोलाई देवेन्द्र कुँवरले निर्देशन गरेका हुन् ।
देव पुनको छायांकन रहेको म्युजिक भिडियोमा रुपेशराज खड्का, प्रेम लामा र अस्मिता राउतलाई फिचरिङ गरिएको छ ।
हाइनोट युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
