काठमाण्डौ पुष १०
ग्यालेक्सी दैनिक
गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य भित्र जीवन’ गीतको पुरुष भर्सन दर्शक श्रोता माझ आएको छ ।
चर्चित नृत्यांगना सुनिता बस्नेत कोरियोग्राफी रहेको ‘भाग्य भित्र जीवन’बोलको म्युजिक भिडियोका निर्देशक रामजी लामिछाने हुन् ।
फुलारा इन्टरटेनमेन्ट नेटवर्क मार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गरेका हुन् ।
युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको शब्द ‘भाग्य भित्र जीवन’मा शिव परियारको स्वर रहेको छ भने बाबुल गीरीले संगीत भरेका छन् ।
प्रेममा छुटेपछिको एक युवा पिडाको कथालाई गीत मार्फत व्यक्त गर्न खोजिएको समसामयिक अति मर्मस्पर्शी गीत‘भाग्यभित्र जीवन’को भिडियोमा पृथ्वी प्रसाई र अनु शाहले जिवन्त अभिनय रहेको छ ।
श्रृंगार रुपा मानन्धर, छायांकन सुमन कार्की, मिक्सिङ दिनेश राजबहाक, पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ ।
भिडियो फुलारा इन्टरटेनमेन्ट नेटवर्कको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
