Friday, November 20

हेमन्त कान्छाको ‘फूल रोको कस्ले देख्छ र’ सार्वजनिक

काठमाण्डौ, माघ २४
ग्यालेक्सी दैनिक
इश्वर बल्लवको निर्देशनमा गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको ‘फूल रोको कस्ले देख्छ र?’ बोलको गीत सार्वजनिक भएको छ ।

भिडियो आज भोली बन्ने भन्दा केही फरक र कलात्मक शैलीमा बनेको छ ।

लोकप्रिय सर्जक रेम गुरुङको शब्द र संगीत रहेको गीतमा फुलको मर्मलाई पनि कलात्मक शैलीमा देखाइएको छ ।

फूल सँधै ठकमक्क फक्रिए पनि फूलको मर्म र वेदनालाई कसले नदेख्ने कुरालाई भिडियोले गरेको छ । त्रिवेणी स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ राजकुमार बगरले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोको छायाङ्कन चक्र बराल, सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

गीतको भिडियोमा गायक हेमन्त स्वयमले अभिनय गरेका छन् ।

भिडियोलाई सर्जक रेम गुरुङको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *