काठमाण्डौँ, असार २६
ग्यालेक्सी दैनिक
अमेरिकामा रहनु हुने नेपालीहरुको पिरमर्का, त्यहाँ भएका नेपालीहरुको बस्तुस्थितिका सन्दर्भहरुमात्र नभएर त्यहाँको वास्तबिक जीवन भोगाई र नेपाली कलाकार, श्रष्टाहरुसंगको अन्र्तरंग कुराकानी प्रस्तुत हुने लोकप्रिय कार्यक्रम ‘हेल्लो अमेरिका’ नियमित प्रशारणको २० औं श्रृंखला पुरा भएको छ ।
आफ्ना कार्यक्रमहरु लिएर अमेरिका पुग्नुभएका चर्चित नेपाली कलाकारहरु र सामाजिक अभियन्ताहरुलाई ‘हेल्लो अमेरिका’ मा स्थान दिदै आईरहेको निर्देशक किशोर सुब्बाले बताउनु भयो । उहाँले भन्नुभोः ‘नेपाली मौलक कला संस्कृतिलाई विश्व जगतमा पहिचान गराउने उव्देश्यले चलचित्रका गीतहरु, टेलि चलचित्रहरु, म्युजिक भिडियो जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टिभि च्यानल मार्फत प्रशारण हुँदै आईरहेको र यसलाई अझ बृहतढंगले अगाडी बढाउने सोच अनुसारको कार्यलाई निरन्तरता दिइरहेका छौं ।’
१००औं श्रृंखला पुगेपछि डाईमण्ड जुवली मनाउने योजना रहेको निर्देशक सुब्बाले जानकारी गराउनु भयो । उहाँका अनुसार उक्त अवसरमा अमेरिका र नेपालका सेलिव्रेटी र भाषा, कला संस्कृति आदान प्रदानका साथै बिबिध सांस्कृतिक कार्यक्रम गर्न नेपालबाट र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति र सम्मान कार्यक्रम गर्ने योजना छ ।
नियमित रुपमा जेपिजे ईन्टरटेनमेन्टबाट प्रशारण हुदै आइरहेको ‘हेल्लो अमेरिका’ अहिले अन्तर्राष्ट्रिय रुपमै चर्चा कमाउन सफल कार्यक्रम बनेको छ । जेपिजे ईन्टरटेन्मेन्ट अनलाई टि.भि. च्यानल न्युयोर्कका टिम मेम्बरहरुमा परिकल्पना निर्माण र निर्देशन किशोर सुब्बा, सह निर्देशक टोमा लामा, प्रस्तोता शुमन थाम्सुहांङ्, सिनेमाटोग्राफर सम्राट कार्की, ग्राफिक्स प्रविन ढकाल, सम्पादक मन्दिल श्रेष्ठ, थम्वेल मिलन आङ्देम्बे, सिर्षक गीत राजेस पायल राई र मेनुका पौडेल, संगीत सम्राट थापा, सल्लाहकार रविन्द्र खड्का रहेका छन् ।
