Friday, November 20

आराध्यको ‘घरमा पनि एक्लै’ सार्वजनिक

काठमाण्डौ, साउन १०
ग्यालेक्सी दैनिक
वरिष्ठ कवि, गीतकार कालीप्रसाद रिजालको शब्द, सन्तोष श्रेष्ठको सङ्गीतमा आराध्य नाथ प्याकुरेलले पहिलोपटक आफ्नो सुमधुर गायन सार्वजनिक गरेका छन् ।

नेपाली सुगम सङ्गीतका मानक गीतकार कालीप्रसाद रिजालले आराध्यको स्वर सुनेपछि उनको स्वरमा गायनमा अगाडि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरेर यो गीत गाउने स्वीकृति दिएका हुन् ।

समकालीन पुस्ताका लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठले पनि आराध्याको स्वर सुनेपछि केही नेपाल आधुनिक सुगम सङ्गीतमा सुमधुर स्वरको आगम भएको महसुस गर्दै यो गीतमा सङ्गीत भारिदिएका हुन् ।

अडियोमा राजु कार्कीको अरेन्ज, अजय सिंह कार्कीको रेकर्डिङ र प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ रहेको गीतमा भिडियोलाई अजय रेग्मीले छायाङ्कन गरेका छन् भने अधिनायकमान शेरचनले सम्पादन गरेका छन् ।

गोल्डेन क्रियशनको युटुवच्यानलबाट स्टुडियो भिडियोसहितको गीत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *