Friday, November 20

सुजताले टोलै थर्काउने

काठमाण्डौ, साउन १०
ग्यालेक्सी दैनिक
नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज नजिकै गर्दा तीज बिशेषको गीतको भिडियोहरु सार्वजनिक हुने क्रम जारी छ ।

यसै मेसोमा चर्चित गायिका सुजाता केसीले ‘गायर नाचेर टोलै थर्काउने’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन् ।

अर्जुन पोखरेलको शब्द, संगीत रहेको गीतमा उषा उप्रेती, लोशिन लामिछाने, आभा थापा, बिनु शाक्य, रष्मि भट्ट लगायतका कलाकारले अभिनय गरेको छन् ।

भिडियोमा रामकुमार केसीको छायांकन, बिकास ज्ञवालीको सम्पादन, रन्तोष राजवहाकको निर्देशन रहेको छ ।

तीज पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् ।

यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ ।

यद्दपि यसको महत्वमा कुनै कमि देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *