नेपाली कांग्रेसको पदाधिकारी बैठक सरेको छ । बिहिबार दिउँसो बस्ने भनिएको बैठक प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण स्थगित गरिएको हो ।
अब अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने बताइएको छ । १४औँ महाधिवेशन, सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
यसअघि कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भइसकेका छन् । यस्तै मन्त्री कार्कीले सरकारको प्रवक्ताको म्मिेवारी पनि पाइसकेका छन् ।
यस्तै शुक्रबारको बैठकमा महाधिवेशन नजिकिदै गर्दा कांग्रेसमा क्रियाशिल सदस्यताको विवादबारे पनि छलफल हुनेछ । १४औँ महाधिवेशन आउँदो १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
