भारतमा कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्न थालेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ सय ८० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख १२ हजार १९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४१ हजार ८५४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ९ लाख ८६ हजार ८०३ जना पुगेको छ । यस्तै हालसम्म ३ करोड १ लाख ३६ हजार ४ सय ८३ कोरोना संक्रमित निको भइसकेका छन् ।
भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।
