Friday, November 20

काठमाडौं उपत्यकामा आजदेखि चले सार्वजनिक यातायात

काठमाडौं उपत्यकामा आजदेखि जारी निषेधाज्ञा थप खुकुलो बनाइएको छ । सोमबार बसेको काठमाडौ उपत्यकाका प्रमुख  जिल्ला अधिकारीहरुको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमणको जोखिम कम भइनसकेका भन्दै अझै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । उक्त बैठकले मंगलबारदेखि सार्वजनिक बस चल्न दिने निर्णय गरेको थियो ।   

बैठकले उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस जोर बिजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको थियो । तर, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु गराउनु पर्ने अनिवार्य गरिएको छ ।

अघिल्लो सातादेखि जोरबिजोर प्रणालीको आधारमा नीजि सवारी साधन सञ्चालन अनुमति दिएको स्थानीय प्रशासनले अब सार्वजनिक यातायातलाई पनि खुकुलो बनाउँदै लैजाने रणनीति लिएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *