Friday, November 20

नायक पुष्प खडका र १२ वर्षे मोडेल अमिरा अभिनित भिडियो सार्वजनिक

काठमाण्डौ, पुष १० 
ग्यालेक्सी दैनिक
नायक पुष्प खडका अभिनित ‘कोइली’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाण्डौको म्याग्नुम लाउन्ज बारमा एक बिमोचन कार्यक्रम मार्फत सो गीतको म्युजिक भिडियो सहित सार्बजनिक भएको हो ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सभासद बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा चलचित्र पत्रकार संघका पुर्ब अध्यक्ष तथा वरिष्ठ रंग पत्रकार शान्तिप्रियले म्युजिक भिडियो निर्देशक समन अधिकारी, पत्रकार तथा मोडेल राज लुइटेल, नायक श्री देब भट्टराई, गायक कौशल राज खड्का, समाजसेबी राजन थापा लगायतको ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

गायक ध्रुब बिस्को र गायिका बेनिसा पौडेलको स्वरमा सजिएको उक्त गीतमा नायक पुष्प खड्कालाई अमिरा कार्की, बिष्णु सापकोटा लगायतका कलाकारहरुले अभिनयमा साथ दिएका छन ।

गीतमा शिव शर्माको शब्द लेखन तथा संगीतकार दिपक शर्माको संगीत रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि लामाले गीत राम्रो बनेको र यस्तो खालको गीतले राम्रो मार्केट लिने बताएका थिए भने विशिष्ट अतिथि शान्तिप्रियले पनि पछिल्लो समयमा लोक प्याट्रोनको गितले मार्केट लिइरहेको बेला यस्तो खालको गीत राम्रो चल्ने आशा ब्यक्त गरेका थिए ।

समीर लामाले सञ्चालन गरेको कार्यक्रममा निर्देशक तथा कलाकार इन्द्र बहादुर लामाले बोल्दै गित राम्रो बनेको र दर्शकको साथ पाएको खण्डमा कोइली-२ पनि ल्याउने बताएका थिए । निर्माता राजन कार्कीले पनि आफ्नो धारणा ब्यक्त गर्दै आफ्नो छोरीलाई १२ बर्षको उमेरमै मोडेलको रुपमा देख्न पाउँदा निकै हर्सित भएको बताए ।

भिडियो खम्बे इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

https://youtu.be/X7cIetEXyG0

Leave a Reply

Your email address will not be published. Required fields are marked *