डेनमार्कले नेपाललाई कोरोनाभाइरस (कोभिड १९)विरुद्धको १४ लाख डोज खोप दिने भएको छ ।
डेनिस सरकारले नेपाल सरकार स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर अनुदानमा १४ लाख डोज खोप दिने जानकारी दिएको हो । डेनमार्कले एस्ट्राजेनेकाको १४ लाख डोज खोप उपलब्ध गराउने भएको हो ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोपको भारतीय कम्पनी सेरम इन्स्टिच्युड अफ इन्डियाले उत्पादन गरेको छ ।
सेरमले उत्पादन गरेको खोप लगाएका जेष्ठ नागरिक खोपको पर्खाइमा रहेका बेला डेनमार्कले एस्ट्राजेनेकाको १४ लाख डोज खोप नेपाललाई अनुदानमा दिने भएको हो ।
