गत २४ घण्टामा नेपालमा ३ हजार ४७९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ६ हजार ६ सय ३६ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै १ हजार २ सय ६२ परीक्षण गर्दा ४ सय ५५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
कोरोनाको दोश्रो लहर आएपछि नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या पछिल्ला केही दिन घट्दो क्रममा छ। गएको २४ घण्टामा ९९ जनाको कोरोनाका कारण ज्यान गएको छ।
