काठमाण्डौ, पुष १०
ग्यालेक्सी दैनिक
नेपाली चलचित्र क्षेत्रका विभिन्न बिधामा कार्यरत ब्यक्तित्व तथा सामाजिक क्षेत्रमा कार्यरत उल्लेख्य ब्यक्तिहरुको सहभागितामा “नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियान”ले राजाधानीका विभिन्न स्थानमा अपिल बितरण तथा मौन प्रदर्शन गर्दै नियमित कार्यक्रम गरेको छ ।
गत हप्ता राजधानीका पुतलीसडक, बागबजार, डिल्लिबजार, धोविधारा लगायतका क्षेत्रमा अपिल बितरणसंगै मौन प्रदर्शन गरेको थियो भने सोही कार्यक्रमको निरन्तरता अन्तर्गत शनिबार उपत्यकाका विभिन्न स्थानहरु न्यूरोड, पाको, बसन्तपुर , खिचापोखरि, इन्द्रचोक क्षेत्रहरुमा अभियानका अभियान्ताहरुले मौन प्रदर्शन र अपिल बितरण गरे ।
अपिल बितरण कार्यक्रम साप्ताहिक रूपमा राजधानी लगाएत देशका विभिन्न स्थानहरुमा महाअभियानको निर्धारित कार्यक्रम अनुसार जारी राख्ने अभियानका सचिवालय सदस्य ठण्ड बहादुर अधिकारी(सास)ले जानकारी गराए ।
अपिल बितरण तथा मौन प्रदर्शन जारि सगै सरकारी निकाय, विभिन्न राजनितिक दल, संस्कृतिक बिदहरुलाई भेटी महाअभियानको बारे जानकारी एवं अभियानको प्रतिक तस्वीर हस्तान्तरण गर्ने र अभियानमा आवद्ध हुन चाहने महानुभावहरुलाइ सदस्यता बितरण गर्ने कार्यक्रम रहेको पनि अधिकारीले जानकारी दिनुभयो ।
“नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान”को संयोजकमा मोहन निरौला रहेका छन् भने सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोज कुमार भेटवाल र विश्वमणी घिमिरे सदस्यमा छन् ।
नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान र अभियानबारे जानकारी लिन चाहनेहरूका लागी ठण्ड बहादुर अधिकारी मोबाईल न.९८५१०५५५४२ तथा बिश्वदीप घिमिरे मोबाइल न.९८५१०५५६०६ लाई सम्पर्क गरी सम्पूर्ण जानकारी लिन सकिने पनि महाअभियानको सचिवालयले हामीलाई जानकारी गराएको छ ।
