Friday, November 20

महिला हिंसा र दाईजो बिरुद्ध ‘खेताला’ सार्वजनिक

काठमाडौं, साउन १३
ग्यालेक्सी दैनिक
महिलाहरुको महान चाड तीज नजिकएसंगै यस्संग सम्बन्धित तीज गीतहरु बजारमा छ्यापछ्यापती आउन थालेका छन ।

तीज जस्तो चाडमा कुनै बेला महिला हिंसाका केही एकाद घटनाहरु पनि घट्ने गरेको समाचार सुन्नमा आउँछ ।

यही महिला हिंसा र दाईजो बिरुद्धको आवाज लगायतका सामाजिक बिषयबस्तुमा आधारित रहेर तयार पारीएको गायक विनोद ढकाल, माया दर्नाल, दिपकला थापा र कृष्ण लामिछानेको स्वरले सुसज्जित तीज गीत ‘खेताला’ सार्वजनिक गरिएको छ ।

गीतमा लय शब्द पनि गायक विनोद ढकालकै रहेको छ भने एरेन्ज र मिक्सिङ कृष्ण लामिछनेको रहेको छ ।

लक्ष्मण श्रेष्ठ निर्देशनमा तयार पारीएको भिडियोमा शुशिला निरौला बिम्लि, विनोद ढकाल, गणेश एसी(क्वाके) लगायतको दमदार अभिनय देख्न सकिन्छ ।

भिडियोको छाँयाकन मरुभुमी नारायण, मेकअप मोहन लामा तथा सम्पादन रोशन धितालले गरेका हुन ।

म्युजिक ल्याब प्रा. लि. उत्पादन तथा बितरण रहेको यस् गीतको भिडियोलाई बिनोद ढकालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *