Friday, November 20

समलिङ्गी प्रेम कथामा आधारित ‘मिरा’ पुन: युट्युबमा अपलोड

काठमाडौं, साउन १३
ग्यालेक्सी दैनिक
समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मिरा -दी टेल्स अफ लाइफ’ पुन: युट्युबमा सार्वजनिक गरिएको छ ।

यस् अघि सार्वजनिक गरीएको भिडियोमा समस्या आएपछी निर्माण टिमले सो भिडियो हटाइ नयाँ अपलोड गरेका हुन् ।

युट्युब च्यानल आश्वी फिल्म्सबाट रिलिज गरिएको हो । प्रेम मानव जीवनको भावनात्मक शब्द हो ।

फिल्ममा दुई युवतीले प्रेम आफैंमा यस्तो सुन्दर शब्द छ जुन शब्दले जीवन नै परिवर्तन बनाइदिन्छ भनेर देखाउन खोजेका छन् ।

मानिस जुनसुकै प्रेममा पनि खुशी हुन सक्छन, यद्यपि यसलाई परिभाषित गर्न असम्भव छ । मायालाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् र यो पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप रहेको बुझ्न सकिन्छ ।

दुई व्यक्तिको बीच एक असाधारण सम्बन्ध जुन परस्पर विश्वास, सम्मान र स्नेहसँग जोडिएको हुन्छ । अनिल कटुवालले खिचेको फिल्मको छायांकन पक्ष उत्कृष्ट छ । फिल्मका पात्रहरूले समाजका मान्छेहरूको नै प्रतिनिधित्व गर्छन् कलाकारहरुले फिल्ममा गरेको अभिनय गज्जबको छ ।
क्यामराबाट मुख्य पात्र र उसका घटनाको मनोविज्ञानलाई पस्किएको छ। फिल्मको कथा कन्सेप्ट निर्माता तथा निर्देशक पन्डित स्वयमले तयार पारेकी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *