Saturday, November 21

Author: Galaxy Dainik

कोरोनाको नयाँ भेरियन्ट : हावाबाट छिटो फैलिने
अन्तर्राष्ट्रिय, समाचार

कोरोनाको नयाँ भेरियन्ट : हावाबाट छिटो फैलिने

हावाबाट छिटो फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् । भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने र हराएर जाने समेत हुन्छ । तर कतिपय भाइरसहरु भने रुप परिवर्तन भएर बलियो र बढी संक्रामक हुने गरेको अध्ययनहरुले देखाएका छन् । सन् २०१९ को डिसेम्बरमा कोभिड(१९ फेला परेको केही समयपछि नै सन् २०२० को जनवरी महिना मा नै यसका हजारौं परिवर्तित रुपहरु फेला परेका थिए । भियतनामा बेलायत र भारतको भेरियन्ट समिश्रण भएर बनेको नयाँ हाइब्रिड भेरियन्टका विषयमा सार्वजनिक रुपमै जानकारी दिएको जनाइएको छ । नयाँ भेयिन्ट हावाबाटै फैलिनै भएकाले बढी जोखिमपूर्ण रहेको छ । को...
कर्मचारीको तलब बढ्यो
अर्थ/व्यापार, समाचार

कर्मचारीको तलब बढ्यो

सरकारले राष्ट्र सेवक कर्मचारीको तलब बढाएको छ। बजेटमार्फत तलब बढाएको हो। २ हजार मासिक तलब बढाइएको छ। साउनदेखि लागू हुनेगरी तलब बढाइएको हो। तलब बढाउने अवस्था नभए पनि कर्मचारीको मनोबल बढाउन तलब बढाइएको अर्थमन्त्रीले बजेट भाषणका क्रममा भनेका छन्। महंगी भत्तालाई यथावत राखिएको छ। बीमा पनि गरिने भएको छ।
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट
अर्थ/व्यापार, स्वास्थ्य

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट

रकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको लागि अथमन्त्री बिष्णु पौडेलले १५ खर्ब ४७ अर्बको बजेट ल्याएका छन् । चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्बको आकारको बजेट थियो । सरकारले केन्द्र सरकारको चालु खर्चको लागि ६ खर्ब ७८ अर्ब बिनियोजन गरेको छ भने विकास खर्चको लागि ३ खर्ब ४७ अर्ब बिनियोजन गरेको छ । सरकारले बजेट स्रोतको रुपमा आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्वबाट उठाउने छ । यस्तै ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेको छ । ३ खर्ब ९ अर्ब विदेशी ऋण लिने र २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिने जनाएको छ ।...
निषेधाज्ञा उल्लंघन गर्ने ५८० सवारी साधन प्रहरी नियन्त्रणमा
समाचार

निषेधाज्ञा उल्लंघन गर्ने ५८० सवारी साधन प्रहरी नियन्त्रणमा

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको शिलशिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये २ सय २ वटा गाडी र ३ सय ७८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८ सय ३५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने २ सय १७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २२ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको छ । साथै १ हजार ४ सय ८४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८८ ...
गणतन्त्र दिवसको अवसरमा शुभकामना :डा.डिआर उपाध्याय
राजनीति, समाचार

गणतन्त्र दिवसको अवसरमा शुभकामना :डा.डिआर उपाध्याय

आज गणतन्त्र ल्याएको दिन । गणतन्त्र दिवस यो ऐतिहासिक आजको दिनमा सवै गणतन्त्रवादी शक्तिहरु खुसि हुने दिन हो । संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र फालेर गणतान्त्रिक अभ्यासमा मुलुक प्रवेश गरेको १३ वर्ष पूरा गरेर १४ बर्षमा प्रवेश भएको छ । यो गणतन्त्र २०६२, ०६३ को जनआन्दोलन २ को बलमा आएको हो । गणतन्त्र ल्याउन नेपाली जनताको ठूलो त्याग , तपस्या र बलिदानी भएको छ । यो गणतन्त्र त्यसै आएको होइन , अहिले गणतन्त्र माथि खेलवाड गर्ने तत्वहरु पनि छन । प्रतिगामी तत्वहरु पनि यो गणतन्त्र असफल बनाउने खेलमा लामो समय देखि लागिरहेका छन । तर उनीहरुको प्रयास असफल हुदै आएको छ । नेपाली जनताले यो गणतन्त्र ल्याउन ज्यानको बाँजी थापेका थिए । जनआन्दोलनको जगमा आएको गणतन्त्र यति बेला कमजोर भएको होकी जस्तो देखिएको छ । अहिले संसद बिघटन भएको अवस्थामा छ । त्यसैले मुलुकमा जे पनि हुन सक्छ भन्ने पनि छ । संघीय लोकतान्त्रिक गणतन्...
विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा, सिमकार्ड निःशुल्क
अर्थ/व्यापार, समाचार

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा, सिमकार्ड निःशुल्क

सरकारले विद्यार्थीहरुलाई ल्यापटप खरिदका लागि ८० हजार रुपैयाँसम्मको कर्जा १ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ। १६ वर्ष उमेरसम्मका विद्यार्थीका लागि एकथान सिम निःशुल्क दिने व्यवस्था मिलाएको छ ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए।...
कोरोना केन्द्रित बजेट, स्वास्थ्य बजेट १ खर्ब २२ लाख
अर्थ/व्यापार, समाचार

कोरोना केन्द्रित बजेट, स्वास्थ्य बजेट १ खर्ब २२ लाख

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढेको छ। कोरोना केन्द्रित बजेट भन्दै अर्थमन्त्री विष्णु पौडेल शनिबार बजेट सार्वजनिक गरेका थिए। बजेटको शुरुमै कोरोनाबारे विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमा स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए। गत वर्ष स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड रुपैयाँ थियो। बजेटमा कोरोनाविरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड कोरोनाको उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस्तैऔषधि खरिदका लागि ५ अर्ब ६० करोड विनियोजन गरिएको छ भने काठमाडौंमा ३०० बेड र प्रदेशमा ५०–५० बेडको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड विनियोजन गरिएको छ। स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड, स्वास्थ्य स्वयंमसेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि गरेर वार्षिक १२ ...
आज ४३११ संक्रमित थपिए, ६०८० जना संक्रमणमुक्त
समाचार, स्वास्थ्य

आज ४३११ संक्रमित थपिए, ६०८० जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८० जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार तथ्यांक अपडेट गर्दै संक्रमित हुने भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जना नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् । १४ हजार ६ पीसीआर परीक्षणमा ४ हजार ३११ र ७४६ एन्टिजेन परीक्षणमा १७६ जना गरी पछिल्लो २४ घण्टामा ४ हजार ४८७नयाँ संक्रमित भेटिएका हुन्। पछिल्ला दिनहरुमा संक्रमण दर पनि घट्दै गएको छ। पछिल्लो २४ घण्टामा ११६ जनाको मृत्यु भएको छ ।...
सूचना विभागको कार्ड नहुँदा समस्या
समाचार

सूचना विभागको कार्ड नहुँदा समस्या

निषेधाज्ञामा गरिएको कडाइपछि उपत्यकामा समाचार सङ्कलन गर्न निस्किएका धेरै पत्रकारलाई समस्या भएको छ । कोरोना सङ्क्रमण रोक्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञा बिहीबारदेखि थप कडाइ गरेपछि त्यसको मार कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीलाई परेको छ । सूचना विभागद्वारा जारी गरिएको परिचयपत्रलाई मात्र मान्यता दिएपछि कार्यक्षेत्रमा खटिने धेरै पत्रकारलाई समस्या भएको छ । विभागद्वारा जारी परिचयपत्र नहुँदा समाचार सङ्कलनका लागि कार्यक्षेत्रमा खटिएका दैनिक पत्रिका, टेलिभिजन, रेडियो तथा अनलाइनका धेरै सञ्चारकर्मी सडकमै आफ्नो सवारी साधन रोकेर अलपत्र पर्नुपरेको छ । कतिपय पत्रकारले कार्यक्षेत्रमा नगई फर्कनु परेको छ भने कतिपयले आफ्नो चिनेको प्रहरीसँग हारगुहार गर्दै जानुपर्ने अवस्था आएको कोटेश्वरबाट नागरिक दैनिकका एक सञ्चारकर्मीले बताए ।सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र अन्य ...
प्रधानमन्त्री ओलीलाई प्रियंकाको सुझाव : भोट पाउनेलायक काम गरेर त देखाउनुहोस पहिले
समाचार

प्रधानमन्त्री ओलीलाई प्रियंकाको सुझाव : भोट पाउनेलायक काम गरेर त देखाउनुहोस पहिले

चर्चित नायिका प्रियंका कार्कीले चुनावको भोटको आशा गर्ने सरकारलाई पहिले भोट पाउनेलायक काम गरेर देखाउन सुझाव दिएकी छिन् । उनले अहिले कोरोनासँग जनता जुधिरहेको र जनताको अवस्था दयनीय रहेको बताउँदै अहिले चुनाव नचाहिने बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेकी हुन् । उनले सरकारमा बसेकाहरुलाई आँखा खोलेर एक पटक देशको स्थिति नियाँलेर हेर्न पनि सुझाव दिएक िछिन्। उनले आहिलेको समयमा देश र जनतालाईं चूनाव नचाहिने पनि बताएकी छिन् ।...